लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् । महोत्तरीको बनौलीमा एक कार्यक्रममा सहभागि हुन जनकपुरधाम आएका अध्यक्ष ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा यस्तो संकेत दिएका दिएका हुन् ।अगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा ठाकुरले भने, ‘अहिलेसम्म गठबन्धन हुन्छ वा हुँदैन भन्ने पार्टीले अधिकारिक निर्णय गर्न सकेको छैन । तर ४ दलको गठबन्धन कायम रहेको अवस्थाम