काठमाडौं। नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठकले निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकाको अन्तिम टुङ्गो लगाउने जिम्मा सह–महामन्त्री डा. प्रकाश शरण महत र नेता डा. मीनेन्द्र रिजाललाई दिएको छ। बैठकपछि क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको बताए। समायोजन हुन बाँकी रहेको सप्तरी र बाराको क्रियाशील सदस्यताको प्रतिवेदन आइतबारसम्म सभापति समक्ष बुझाउने उनले बताए।