जसपाको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका प्रस्तुत (पूर्णपाठसहित)

जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका प्रस्तुत गरिएको छ । पार्टीका कार्यकारिणी समिति सदस्य नवराज सुवेदीले निर्देशिका प्रस्तुत गरेका  हुन् । निर्देशिकामा पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवार बन्नका लागि पार्टीको सिद्धान्त प्रति प्रतिवद्ध भएको हुनपर्ने, पार्टीमा संगठित र सक्रिय भएको हुनुपर्ने, समाजिक काममा सक्रिय भएको हुनुपर्ने, स्वच्छ छविको हुनुपर्ने, भुगोल बुझेको हुनुपर्ने लगायतका योग्यता प्रस्ताव गरिएको छ । उम्मेदवारको चयन स

सम्बन्धित सामग्री

जसपाको केन्द्रीय समिति बैठक सुरु

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।  बैठक सुरु हुनुअघि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ ।

जसपा केन्द्रीय समितिको बैठक सुरु, संगठनात्मक प्रस्ताव पारित गर्ने तयारी

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिए । छलफलपश्चात सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ ।  यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ । सोमबारदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो ।  -न्युज कारखाना

जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु भएको छ । आइतबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिकाका साथै विभिन्न प्रतिवेदन पेश गरिएको छ । पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले निर्वाचन निर्देशिका, संगठनात्मक प्रस्ताव र देशको राजनीतिक तथा समसामयिक परिस्थितिबारे छलफल केन्द्रित रहेको बताए । आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागितामा बैठकमा […]