नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिकालाई थप समावेशी बनाइएको छ । नेता मीन बहादुर विश्वकर्माले निर्वाचन निर्देशिका असमावेशी भएको भन्दै केन्द्रीय सदस्य र दलित संंघको अध्यक्षबाट राजीनामा दिएपछि निर्देशिका सच्चिएको छ ।विहीबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र, मानबहादुर विश्वकर्मा र जीवन परिवारले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको परामर्शपछि निर्देशिका सच्याएका हुन् ।अब महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधे