बीमा समितिले हालै मात्र ल्याएको लघु बीमाको नयाँ अवधारणामा व्यवसायीको खासै आकर्षण देखिएन । पहिलो चरणमा सातवटै प्रदेशका लागि एक÷एक वटा लघु बीमा रहने गरी बीमा समितिले लाइसेन्सका लागि आवेदन खुल्ला गरेपनि उक्त दरखास्तमा एउटै आवेदन नपरेको हो । लघु बीमाको लाइसेन्स वितरणका लागि समितिले भदौ १० गते ३५ दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो । तर, सूचना प्रकाशित भएको १८ दिन वितिसक्दा समेत लघु बीमाका लागि एउटै आवेदन नपरेको बीमा समितिका प्रवन्ध निर्देशक राजुरमण पौडेलले रातोपाटीलाई