लघु बीमा कम्पनीको लगानी २ अर्ब

काठमाडौं। लघु बीमा कम्पनीहरूले आर्थिक वर्ष (आव) २०७९/८० मा २ अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्रधिकरणका अनुसार सञ्चालनमा रहेका चार कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका हुन् ।  प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीबाट प्रस्ताव माग गरेको थियो । प्राधिकरणले लघु जीवन बीमा व्यवसायतर्फ तीन र लघु निर्जीवन बीमा व्यवसायतर्फ चार कम्पनीको प्रस्ताव छनोट गरी लाइसेन्स वितरण गरेको थियो । तीमध्ये दुई लघु जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले कारोबार शुरू गरिसकेका छन् ।  कारोबार शुरू गरिसकेका दुई लघु जीवन बीमा कम्पनीहरूले आव २०७९/८० मा १ अर्ब १ करोड रुपैयाँ लगानी गरेका छन् । तीमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको लगानी ५० करोड ५० लाख रुपैयाँ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको लगानी ५१ करोड १३ लाख रुपैयाँ रहेको छ ।  कम्पनीहरूले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा ९५ प्रतिशत (९७ करोड २५ लाख रुपैयाँ) लगानी गरेका छन् । प्राधिकरणले जारी गरेको लघु जीवन बीमकको लगानी निर्देशन २०७९ अनुसार कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।  त्यसै गरी दुई लघु निर्जीवन बीमा कम्पनीले ९३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स दुवैको बराबर ४६ करोड ७५ लाख रुपैयाँ लगानी छ ।  दुवै कम्पनीले ‘क’ वर्गको वाणिज्य बैंकको मुद्दती निक्षेपमा उक्त रकम लगानी गरेका छन् । लघु निर्जीवन बीमा कम्पनीले पनि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।  गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अहिले लघुबीमा कम्पनीहरूले प्राधिकरणले जारी गरेको लघुबीमा लगानी निर्देशिकाअनुरूप नै लगानी गरिरहेको बताउँछन् । ‘लघुबीमा कम्पनीहरू अहिले शुरुआती अवस्थामै भएकाले बिजनेश नभइसकेको अवस्था छ,’ उनले भने, ‘त्यसैले अहिले हामी व्यवसाय र सेवा विस्तारमै केन्द्रित छौं । लगानी भने प्राधिकरणले जारी गरेको निर्देशिकाअनुरूप नै गरिरहेका छौं ।’  बीमा कम्पनीहरू पब्लिकमा जान बाँकी रहेकोले उनीहरूसँग विविध क्षेत्रमा लगानी गर्न आवश्यक पर्ने प्रशस्त पूँजी नभएको पनि भण्डारीले बताए ।  प्राधिकरणले लघुबीमा कम्पनीको लागि न्यूनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकेको छ । लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने नियम छ ।  प्राधिकरणले जारी गरेको ‘लघु बीमक संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका २०७९’ को दफा ५ को चुक्ता पूँजी विभाजन शीर्षकमा लघुबीमा व्यवसाय गर्ने कम्पनीमा संस्थापक समूहको शेयर अंश न्यूनतम ५१ प्रतिशत हुनुपर्ने, न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने र बढीमा ५ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्ट्याउनुपर्ने प्रावधान छ ।  लघुबीमा कम्पनीले सर्वसाधारणलाई शेयर विक्री गरेपछि उनीहरूले थप पूँजी संकलन गर्नुका साथै लगानी विविधीकरणको अवसर सृजना हुने देखिन्छ ।  लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् । प्राधिकरणका अनुसार लघुबीमा कम्पनीले न्यून आय भएका परिवारको पहिचानका लागि स्पष्ट मापदण्ड तयार गरी सहुलियत दरमा लघुबीमा सेवा प्रवाह गर्ने व्यवस्था गर्नुपर्छ ।

सम्बन्धित सामग्री

८ महीनामा लघु बीमा कम्पनीको कुल बीमा शुल्क ५ करोड ८९ लाखभन्दा बढी

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ८ महीनासम्म लघु जीवन बीमकले पौने ६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार याे आवको साउनदेखि फागुनसम्म ३ वटा लघु जीवन बीमा कम्पनीले रू. ५ करोड ८९ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् । यो अवधिसम्म लघु जीवन बीमकको कुल सक्रिय बीमालेख संख्या २७ हजार २४७ ओटा छ ।  फागुनसम्म क्रेष्ट माइक्रो लाइफले सर्वाधिक व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले १६ हजार ४८ वटा बीमालेख जारी गरेर रू. ३ करोड ६१ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो अवधिसम्म गार्डियन माइक्रो लाइफले ९ हजार ४१२ वटा बीमालेख जारी गरेर रू. १ करोड ५९ लाख र लिबर्टी माइक्रो लाइफले १ हजार ७८७ वटा बीमालेख जारी गरेर रू. ६९ लाख ३७ हजार कुल बीमाशुल्क आर्जन गरेका छन् ।   फागुन महीनामा मात्रै यी ३ वटा लघु जीवन बीमकले ६ हजार ४२९ ओटा बीमालेख जारी गरी रू. १ करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेका छन्, जसमा क्रेष्ट माइक्रो लाइफले सर्वाधिक रू. १ करोड २ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै गार्डियन माइक्रो लाइफले रू. ४३ लाख ७७ हजार र लिबर्टी माइक्रो लाइफले रू. २० लाख ६५ हजार कुल बीमाशुल्क आर्जन गरेका छन् ।

दुई लघु बीमा कम्पनीले शुरू गरे कारोबार

काठमाडौं। नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स प्राप्त लघु बीमा कम्पनीहरू सञ्चालनमा आउन थालेका छन् । प्राधिकरणले हाल सातओटा लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गरेको छ, जसमध्ये दुई ओटाले व्यावसायिक कारोबार शुरू गरेका हुन् । कारोबार शुरू गर्ने लघु बीमा कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स रहेका छन् । प्राधिकरणका उपनिर्देशक शाम्बराज लामिछानेले लाइसेन्स पाएका प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि व्यावसायिक कारोबार थाल्न स्वीकृति पाइसकेको जानकारी दिए । उनका अनुसार यी कम्पनी कारोबार थाल्ने अन्तिम तयारीमा रहेका छन् । प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीबाट प्रस्ताव माग गरेको थियो । प्राधिकरणले लघु जीवन बीमा व्यवसायतर्फ तीन र लघु निर्जीवन बीमा व्यवसायतर्फ चार कम्पनीको प्रस्ताव छनोट गरी लाइसेन्स वितरण गरेको थियो । प्राधिकरणका उपनिर्देशक लामिछानेका अनुसार स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले न्यूनतम चुक्तापूँजी पुर्‍याइसकेकाले दुवै कम्पनी कारोबार थाल्ने स्वीकृतिको पर्खाइमा छन् । लघु बीमा कम्पनीले न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम गर्नुपर्नेछ । नेपाल बीमा प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीबाट प्रस्ताव माग गरेको थियो, जसअनुसार लघु जीवन बीमा व्यवसायतर्फ तीन र लघु निर्जीवन बीमा व्यवसायतर्फ चार कम्पनीले लाइसेन्स पाएका थिए । ट्रस्ट माइक्रो इन्स्योरेन्सले भने प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी पुर्‍याउन सकेको छैन । लामिछानेका अनुसार प्राधिकरणले कम्पनीलाई निर्धारित चुक्तापूँजी पुर्‍याउन भदौसम्मको समय दिएको छ । प्राधिकरणले जारी गरेको ‘लघुबीमा निर्देशन २०७९’ अनुसार लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले अधिकतम ५ लाख रुपैयाँ बीमांक बराबरको बीमा गर्न पाउनेछन् । लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा व्यवसाय गर्न पाउनेछन् । त्यस्तै लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले अधिकतम ५० लाख रुपैयाँ बीमांक बराबरको बीमा गर्न पाउनेछन् । कुन बीमा कम्पनीको प्रधान कार्यालय कहाँ ? ‘लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९’ को दफा ५ को उपदफा १० मा प्रस्तावित लघु बीमकको कर्पोरेट कार्यालय काठमाडौं उपत्यकाबाहिर हुनुपर्ने उल्लेख छ । त्यसअनुसार नै प्राधिकरणले सातओटै लघु बीमा कम्पनीलाई काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय राख्न स्वीकृति दिइसकेको छ ।  प्राधिकरणले लघु जीवन बीमा व्यवसाय गर्न अनुमति पाइसकेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय मोरङको विराटनगरमा, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्रधान कार्यालय सुर्खेतको वीरेन्द्रनगर र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कास्कीको पोखरामा राख्न अनुमति दिएको छ । त्यसैगरी लघु निर्जीवन बीमा व्यवसाय सञ्चालनको अनुमति पाएको नेपाल माइक्रो इन्स्योरेन्सलाई चितवनको भरतपुर, ट्रस्ट माइक्रो इन्स्योरेन्सलाई रूपन्देहीको बुटवल, स्टार माइक्रोफाइनान्स इन्स्योरेन्सलाई धनुषाको जनकपुर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई कैलालीको धनगढीमा प्रधान कार्यालय स्थापना गर्न अनुमति दिइएको छ ।

लघु बीमा निर्देशन जारी

निर्जीवनतर्फ ५० लाख रुपैयाँ र जीवनतर्फ पाँच लाख रुपैयाँसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको छ । बीमालेख अवधि, बीमा शुल्क, लघु बीमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल बीमा प्राधिकरणले निर्देशन जारी गरेको हो । निर्देशनअनुसार लघु जीवन बीमाअन्तर्गत आवधिक लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा […]

सात लघु बीमा कम्पनीले पाए लाइसेन्स

११ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले आइतबार तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो । लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लाइसेन्स पाए । यस्तै निर्जीवन बीमातर्फ ट्रष्ट […]

लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट

काठमाडौँ– नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बीमा व्यवसाय गर्नका लागि चार कम्पनीको प्रस्ताव छनोट गरिएको छ । प्राधिकरणले गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै लघु बीमा व्यवसाय […]

चुनावको मुखमा लाइसेन्स नै लाइसेन्स

चुनावको मिति नजिकिएसँगै सरकारले लाइसेन्स वितरणलाई प्राथमिकता दिएको छ । वित्तीय मध्यस्थता सेवा क्षेत्रभित्र पर्ने सेयर ब्रोकरदेखि नयाँ स्टक एक्सचेञ्ज र लघु बीमा कम्पनीको समेत लाइसेन्स वितरण यतिखेर सरकारको उच्च प्राथमिकतामा परेको छ ।बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसअघि नै ३५ दिने सूचना जारी गर्दै ७ वटा लघु बीमा कम्पनी सञ्चालनको अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन माग गरिसकेको छ । भलै ३५ दिने सूचनाको आज तेस्रो साता पूरा भइसक्दा समेत लघु बीमाका लागि एउटै आवेदन नपरेको समितिका अध्यक्ष सूर्य

लघु बीमा : देखिएन आकर्षण

बीमा समितिले हालै मात्र ल्याएको लघु बीमाको नयाँ अवधारणामा व्यवसायीको खासै आकर्षण देखिएन । पहिलो चरणमा सातवटै प्रदेशका लागि एक÷एक वटा लघु बीमा रहने गरी बीमा समितिले लाइसेन्सका लागि आवेदन खुल्ला गरेपनि उक्त दरखास्तमा एउटै आवेदन नपरेको हो । लघु बीमाको लाइसेन्स वितरणका लागि समितिले भदौ १० गते ३५ दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो । तर, सूचना प्रकाशित भएको १८ दिन वितिसक्दा समेत लघु बीमाका लागि एउटै आवेदन नपरेको बीमा समितिका प्रवन्ध निर्देशक राजुरमण पौडेलले रातोपाटीलाई

लघु बीमा विस्तार गरिँदै

ठूला बीमा कम्पनीले लघु बीमामा जान नमानेपछि नियामक निकाय बीमा समितिले नयाँ लघु बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले विद्यमान बीमा कम्पनीले लघु बीमाको लक्ष्य पूरा गर्न नसकेपछि बाध्य भएर लघु बीमा कम्पनीको स्थापना गर्न लागिएको बताउनुभयो । अहिलेका बीमा कम्पनीले समग्र व्यवसायमा दुई प्रतिशत मात्रै लघु बीमा गरेको जानकारी दिँदै अध्यक्ष सिलवालले गरिबी निवारणको एउटा उपकरण लघु बीमा भएको बताउनुभयो । ठूला बीमा कम्पनीलाई मर्जर गराएर क्षमता बढाउने विषय र लघु बीमा कम्पनीको स्थापना नितान्त फरक विषय भएको उहाँले बताउनुभयो ।

बीमा समितिका अध्यक्ष सिलवालको आक्रोश-बच्चा जन्मिएको छैन, छोरी कि छोरा !

लघु बीमा लाइसेन्स वितरणको विषयलाई लिएर बजारमा अनावश्यक हल्ला, शंका तथा उपशंका व्यक्त भएको भन्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आक्रोश व्यक्त गरेका छन् । ग्रामीण क्षेत्रको साना पुँजी भएका, गरिब, साना लघु व्यवसाय र सम्पत्तिको सुरक्षण गर्नकै लागि समितिले लघु बीमा योजना अघि बढाएको उनले बताए । तर, बजारमा पैसा खाएर समितिले लाइसेन्स बाँड्न लागेको भन्ने गलत होहल्ला गरिएको भन्दै अध्यक्ष सिलवालले भने,‘बच्चा जन्मिएको छैन छोरा कि छोरी ! भर्खर मात्र लाइसेन्सको आह्वान गरिएको तर को आउँछन्

बीमा समितिले लघु बीमा कार्यक्रममा जोड दिने

काठमाडौै : बीमा समितिले लघु बीमा कार्यक्रमको प्रचार अभियानलाई जोड दिने घोषणा गरेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले आगामी एक वर्ष लघु बीमा कार्यक्रमको प्रचार अभियानलाई जोड दिने नीति लिइएको जानकारी दिए। उनले बीमक संघ र वित्तिय संस्थाहरुसँग सहकार्य गरेर लघु बीमा कार्यक्रमलाई व्यापक बनाउने कार्ययोजना पन...