लघु बीमा निर्देशन जारी

निर्जीवनतर्फ ५० लाख रुपैयाँ र जीवनतर्फ पाँच लाख रुपैयाँसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको छ । बीमालेख अवधि, बीमा शुल्क, लघु बीमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल बीमा प्राधिकरणले निर्देशन जारी गरेको हो । निर्देशनअनुसार लघु जीवन बीमाअन्तर्गत आवधिक लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा […]

सम्बन्धित सामग्री

लघु बीमा कम्पनीको लगानी २ अर्ब

काठमाडौं। लघु बीमा कम्पनीहरूले आर्थिक वर्ष (आव) २०७९/८० मा २ अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्रधिकरणका अनुसार सञ्चालनमा रहेका चार कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका हुन् ।  प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीबाट प्रस्ताव माग गरेको थियो । प्राधिकरणले लघु जीवन बीमा व्यवसायतर्फ तीन र लघु निर्जीवन बीमा व्यवसायतर्फ चार कम्पनीको प्रस्ताव छनोट गरी लाइसेन्स वितरण गरेको थियो । तीमध्ये दुई लघु जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले कारोबार शुरू गरिसकेका छन् ।  कारोबार शुरू गरिसकेका दुई लघु जीवन बीमा कम्पनीहरूले आव २०७९/८० मा १ अर्ब १ करोड रुपैयाँ लगानी गरेका छन् । तीमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको लगानी ५० करोड ५० लाख रुपैयाँ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको लगानी ५१ करोड १३ लाख रुपैयाँ रहेको छ ।  कम्पनीहरूले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा ९५ प्रतिशत (९७ करोड २५ लाख रुपैयाँ) लगानी गरेका छन् । प्राधिकरणले जारी गरेको लघु जीवन बीमकको लगानी निर्देशन २०७९ अनुसार कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।  त्यसै गरी दुई लघु निर्जीवन बीमा कम्पनीले ९३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स दुवैको बराबर ४६ करोड ७५ लाख रुपैयाँ लगानी छ ।  दुवै कम्पनीले ‘क’ वर्गको वाणिज्य बैंकको मुद्दती निक्षेपमा उक्त रकम लगानी गरेका छन् । लघु निर्जीवन बीमा कम्पनीले पनि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।  गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अहिले लघुबीमा कम्पनीहरूले प्राधिकरणले जारी गरेको लघुबीमा लगानी निर्देशिकाअनुरूप नै लगानी गरिरहेको बताउँछन् । ‘लघुबीमा कम्पनीहरू अहिले शुरुआती अवस्थामै भएकाले बिजनेश नभइसकेको अवस्था छ,’ उनले भने, ‘त्यसैले अहिले हामी व्यवसाय र सेवा विस्तारमै केन्द्रित छौं । लगानी भने प्राधिकरणले जारी गरेको निर्देशिकाअनुरूप नै गरिरहेका छौं ।’  बीमा कम्पनीहरू पब्लिकमा जान बाँकी रहेकोले उनीहरूसँग विविध क्षेत्रमा लगानी गर्न आवश्यक पर्ने प्रशस्त पूँजी नभएको पनि भण्डारीले बताए ।  प्राधिकरणले लघुबीमा कम्पनीको लागि न्यूनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकेको छ । लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने नियम छ ।  प्राधिकरणले जारी गरेको ‘लघु बीमक संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका २०७९’ को दफा ५ को चुक्ता पूँजी विभाजन शीर्षकमा लघुबीमा व्यवसाय गर्ने कम्पनीमा संस्थापक समूहको शेयर अंश न्यूनतम ५१ प्रतिशत हुनुपर्ने, न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने र बढीमा ५ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्ट्याउनुपर्ने प्रावधान छ ।  लघुबीमा कम्पनीले सर्वसाधारणलाई शेयर विक्री गरेपछि उनीहरूले थप पूँजी संकलन गर्नुका साथै लगानी विविधीकरणको अवसर सृजना हुने देखिन्छ ।  लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् । प्राधिकरणका अनुसार लघुबीमा कम्पनीले न्यून आय भएका परिवारको पहिचानका लागि स्पष्ट मापदण्ड तयार गरी सहुलियत दरमा लघुबीमा सेवा प्रवाह गर्ने व्यवस्था गर्नुपर्छ ।

दुई लघु बीमा कम्पनीले शुरू गरे कारोबार

काठमाडौं। नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स प्राप्त लघु बीमा कम्पनीहरू सञ्चालनमा आउन थालेका छन् । प्राधिकरणले हाल सातओटा लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गरेको छ, जसमध्ये दुई ओटाले व्यावसायिक कारोबार शुरू गरेका हुन् । कारोबार शुरू गर्ने लघु बीमा कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स रहेका छन् । प्राधिकरणका उपनिर्देशक शाम्बराज लामिछानेले लाइसेन्स पाएका प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि व्यावसायिक कारोबार थाल्न स्वीकृति पाइसकेको जानकारी दिए । उनका अनुसार यी कम्पनी कारोबार थाल्ने अन्तिम तयारीमा रहेका छन् । प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीबाट प्रस्ताव माग गरेको थियो । प्राधिकरणले लघु जीवन बीमा व्यवसायतर्फ तीन र लघु निर्जीवन बीमा व्यवसायतर्फ चार कम्पनीको प्रस्ताव छनोट गरी लाइसेन्स वितरण गरेको थियो । प्राधिकरणका उपनिर्देशक लामिछानेका अनुसार स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले न्यूनतम चुक्तापूँजी पुर्‍याइसकेकाले दुवै कम्पनी कारोबार थाल्ने स्वीकृतिको पर्खाइमा छन् । लघु बीमा कम्पनीले न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम गर्नुपर्नेछ । नेपाल बीमा प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीबाट प्रस्ताव माग गरेको थियो, जसअनुसार लघु जीवन बीमा व्यवसायतर्फ तीन र लघु निर्जीवन बीमा व्यवसायतर्फ चार कम्पनीले लाइसेन्स पाएका थिए । ट्रस्ट माइक्रो इन्स्योरेन्सले भने प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी पुर्‍याउन सकेको छैन । लामिछानेका अनुसार प्राधिकरणले कम्पनीलाई निर्धारित चुक्तापूँजी पुर्‍याउन भदौसम्मको समय दिएको छ । प्राधिकरणले जारी गरेको ‘लघुबीमा निर्देशन २०७९’ अनुसार लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले अधिकतम ५ लाख रुपैयाँ बीमांक बराबरको बीमा गर्न पाउनेछन् । लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा व्यवसाय गर्न पाउनेछन् । त्यस्तै लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले अधिकतम ५० लाख रुपैयाँ बीमांक बराबरको बीमा गर्न पाउनेछन् । कुन बीमा कम्पनीको प्रधान कार्यालय कहाँ ? ‘लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९’ को दफा ५ को उपदफा १० मा प्रस्तावित लघु बीमकको कर्पोरेट कार्यालय काठमाडौं उपत्यकाबाहिर हुनुपर्ने उल्लेख छ । त्यसअनुसार नै प्राधिकरणले सातओटै लघु बीमा कम्पनीलाई काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय राख्न स्वीकृति दिइसकेको छ ।  प्राधिकरणले लघु जीवन बीमा व्यवसाय गर्न अनुमति पाइसकेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय मोरङको विराटनगरमा, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्रधान कार्यालय सुर्खेतको वीरेन्द्रनगर र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कास्कीको पोखरामा राख्न अनुमति दिएको छ । त्यसैगरी लघु निर्जीवन बीमा व्यवसाय सञ्चालनको अनुमति पाएको नेपाल माइक्रो इन्स्योरेन्सलाई चितवनको भरतपुर, ट्रस्ट माइक्रो इन्स्योरेन्सलाई रूपन्देहीको बुटवल, स्टार माइक्रोफाइनान्स इन्स्योरेन्सलाई धनुषाको जनकपुर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई कैलालीको धनगढीमा प्रधान कार्यालय स्थापना गर्न अनुमति दिइएको छ ।

बन्द हुँदै कोरोना बीमा

कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८र७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ ९कोरोना० बीमालेखको कारोबार बन्द गर्ने भएको हो ।बीमा समितिले गतवर्षको वैशाखमा कोभिड–१९ बीमालेख जारी गरेर बीमा कम्पनीहरूलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो । त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत संयुक्त रूपमा उक्त बीमाको कारोबार गर्दै आएका थिए । तर, साउन १ गतेदेखि त्यस्तो बीम

बन्द हुँदै कोरोना बीमा

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ (कोरोना) बीमालेखको कारोबार बन्द गर्ने भएको हो । बीमा समितिले गतवर्षको वैशाखमा कोभिड–१९ बीमालेख जारी गरेर बीमा कम्पनीहरूलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो । त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत संयुक्त रूपमा उक्त बीमाको कारोबार गर्दै आएका थिए । तर, साउन १ गतेदेखि त्यस्तो बीमाको कारोबार बन्द गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बताए । ‘चालू आवसम्म मात्र सञ्चालन गर्नेगरी कोरोना बीमाको कारोबार शुरू गरेका हौं । सोहीअनुसार असार मसान्तपछि कोरोना बीमाको कारोबार बन्द गर्नेछौं,’ उनले भने, ‘असार मसान्तपछि पनि यसलाई निरन्तरता दिन सकिन्थ्यो । तर, यस विषयमा कुनै निर्णय गरिएको छैन ।’ सरकारले सहयोग गर्नेगरी कुनै नीति ल्याएमा कोरोना बीमाको कारोबारलाई निरन्तरता दिन सकिने उनको भनाइ छ । ‘पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ । यस अवस्थामा सरकारले सहयोग गर्ने नीति ल्याएमा कोरोना बीमालाई निरन्तरता दिनेछौं,’ उनले भने, ‘किनकी कोरोनासम्बन्धी मुख्य दायित्व सरकारको नै हो ।’   साउनदेखि दाबी आवेदन पनि नलिइने उनले बताए । ‘अहिले पनि कोरोना बीमाको पोलिसी विक्री गर्न मिल्छ । तर, साउनदेखि भने कोरोना बीमा पोलिसीको खरीदविक्री बन्द गरिनेछ,’ उनले भने, ‘साथै, दाबी भुक्तानीका लागि आवेदन दिने म्याद पनि असार मसान्तमा अन्तिम हुनेछ ।’ असारभित्र नै कोरोना संक्रमण भएको पुष्टि भए पनि ग्राहकले बीमा भुक्तानीका लागि यही अवधिमा नै प्रक्रिया अगाडि बढाउनुपर्ने छ । असार मसान्तपछि दाबी भुक्तानीको आवेदन पनि नलिने पौडेलको भनाइ छ । ‘साउन १ गतेदेखि दाबी पनि लिने छैनौं । तर, असार मसान्तसम्म परेको दाबी आवेदनको हकमा भने आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गरिनेछ,’ पौडलले भने । कोरोना बीमासम्बन्धी मापदण्डमा असारसम्म मात्रै कोरोना बीमा सञ्चालन गरिने व्यवस्था छ । ‘गतवर्षको भदौ २९ गतेदेखि यता बीमा गरेका ग्राहकले गत चैत मसान्तभित्र कोरोना भएको भए मात्रा दाबी पाउनेछन् । वैशाख यता पनि कोरोना बीमाको विक्री भएको छ,’ पौडेलले भने, ‘तर, वैशाख यता कोरोना बीमा गर्नेको बीमा अवधि असारमसान्तसम्म मात्र हुनेछ ।’ नेपालमा कोरोनाको संक्रमण शुरू भएको हुदाँ बीमा समितिले गतवर्षको वैशाखदेखि कोभिड–१९ बीमालेख जारी गरेको थियो । तर, कोरोना बीमामा बीमा कम्पनीहरूले सोचे जस्तो नाफा कमाउन सकेनन् । हालसम्म कोरोना बीमामा करीब ९ अर्ब रुपैयाँ बराबरको दावी परेको छ । त्यसमा करिब ६ अर्ब बराबरको दाबी स्वीकृति भइसकेको छ । बाँकी भने स्वीकृतिको प्रक्रियामा रहेको छ । यसमा बीमाक्षेत्रको दायित्व भने साढे ३ अर्ब रुपैयाँ मात्रा रहेको छ । बीमा समितिले रू. १ अर्ब, नेपाल पुनर्बीमा कम्पनीले रू. १ अर्ब र २० निर्जीवन बीमा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ गरेर त्यो बराबरको भुक्तानी बीमाक्षेत्रबाट नै हुने व्यवस्था छ । त्यसभन्दा बढी दाबी परेमा त्यो सरकारले नै बेहोर्ने छ । कोरोना बीमा बीमा समिति, पुनर्बीमा कम्पनी र कम्पनीहरूले आफ्नो दायित्व बराबरको भुक्तानी गरिसकेका छन् । तर, सरकारले भने आफ्नो दायित्व बराबरको रकम अझै भुक्तानी गरेको छ । बीमा समितिले गत वैशाखदेखि लघुबीमाअन्तर्गत कोरोना बीमा कार्यक्रम शुरू गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत र बाँकी रहेको बीमा कम्पनीलाई बराबर मात्रामा बाँडफाँट गरिएको छ । यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ । यसको व्यवस्थापन भने नेपाल बीमक संघले गर्दै आएको छ ।