नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने

बागलुङलाई विपद् जिल्लाको रुपमा घोषणा गरेर बाढीपहिरोपीडितलाई घर बनाउन सङ्घीय सरकारले ४ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले १ लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यसमा नगरपालिकाले १ लाख ५० हजार थप गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

कालिका नगरपालिकाले गरिदियो ३ हजार बढीको निःशुल्क स्वास्थ्य बीमा

नारायणगढ । चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका ७९४ घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ती परिवारमा रहेका ३ हजार १७७ जनाको स्वास्थ्य बीमा गरिएको हो ।            पालिकाभित्र रहेका विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमका लागि पालिकाले  ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये अहिलेसम्म  २८ लाख ४३ हजार ३०० बराबरको बीमा भइसकेको छ । नगरप्रमुख विनोद रेग्मीका अनुसार विपन्न परिवारलाई पालिकाले बीमा गरिदिएको हो । उनले भने, “चेपाङ समुदायको प्रदेश सरकारले बीमा गरिरहेकाले सो समुदायबाहेक अन्य समुदायका विपन्न परिवारको बीमा नगरपालिकाले आफ्नै बजेटमार्फत गरेको हो ।”  अहिले बीमा भएका परिवारको आगामी मङ्सिर १ गतेदेखि लागू हुनेछ । विपन्न परिवारले उपचारका लागि आर्थिक सहयोग माग्नु नपरोस् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रम गरिएको जनाउँदै उनले भने, “विपन्न परिवारका लागि पनि स्थानीय सरकार भएको अनुभूति हुने गरी काम गर्दै आएका छौँ ।” नगरपालिकाभित्र स्वास्थ्य उपचारका लागि कोही पनि बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको उनले जानकारी दिए । स्वस्थ्य नगरपालिका निर्माणका लागि यो कार्यक्रम प्रभावकारी बन्ने उनको भनाइ छ । पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि यसअघि नै घरघर पुगेर नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ । पालिकाभित्र रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएकाको प्रत्येक दुई महिनामा घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए। रासस

मध्यपहाडी लोकमार्ग विस्तारप्रति तेह्रथुमका स्थानीय आन्दोलित

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको वसन्तपुर बजारमा मध्यपहाडी लोकमार्ग विस्तार गर्दा घर घडेरी क्षति हुँदा आफूहरूकाे उठिबास हुने भन्दै बजारवासीले आन्दोलन गरेका छन् । पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरुको उठिबास हुने भन्दै वसन्तपुर बजारबासीले आन्दोलन गरेरका हुन् । बीच बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरुले बसोबास गरिरहेको घर घडेरीमा क्षति पुग्ने भन्दै बजारवासीले लोकमार्ग […]

रत्ननगरमा ३० करोड लगानीको वाटर किङडम शिलान्यास

चितवन (अस) । चितवनको रत्ननगर नगरपालिका–५ झुवानीमा ३० करोड रुपैयाँ लगानीमा वाटर किङडम निर्माण हुने भएको छ । नगरपालिकाका मेयर नारायण वनले वाटर किङडमको शिलान्यास गरे । झुवानी माविले संरक्षण गर्दै आएको तीन बिघा क्षेत्रफलमा सार्वजनिक/निजी साझेदारीमा वाटर किङडम निर्माण सुरु गरिएको मेयर वनले जानकारी दिए  । पहिलो चरणमा ९ करोड ७९ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको उनले बताए । पार्कमा सरकारको ४ करोड  ५५ लाख र नगरपालिकाको ५ करोड २४ लाखको लगानी रहेको छ । सरकारी लगानीबाहेक वाटर किङडम निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने गरी शेयर लगानी खुला गरिएको मेयर वनले बताए । वाटर किङडमप्रति स्थानीयको अपनत्व बढाउन एक घर एक शेयरको अवधारणा ल्याइएको छ । पहिलो वडाबासी, दोस्रो नगरबासी र त्यसपछि मात्र बाहिरी व्यक्तिका लागि प्राथमिकताका आधारमा शेयर खुल्ला गरिनेछ । वाटर किङडम निर्माणका लागि झुवानी माविसँग २५ वर्षसम्म जग्गा भाडामा लिइएको छ । प्रतिकठ्ठा प्रतिवर्ष ६ हजार भाडा निर्धारण गरी नगरपालिका र विद्यालयबीच सम्झौता गरिएको उनले बताए । यो चितवनमै अत्यधुनिक र सुविधासम्पन्न वाटर किङडम हुने नगरपालिकाको दाबी छ । वाटर किङडममा तीन वटा कृत्रिम पोखरी, स्वीमिङ पुल, ६० देखि ६५ मिटरको ६ वटा चिप्लेटी, पानी डान्स (हलभित्र कृत्रिम हिउँ पार्ने), गर्मी छल्न हलभित्र कृत्रिम हिउँ, रोटे पिङलगायत पूर्वाधार निर्माण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना नगरपालिकाको छ । वडा–५ का वडाध्यक्ष कृष्ण महतोले वाटर किङडम आफ्नै भएको आत्मविश्वास बढाउन एक घर एक शेयरको अवधारणा अघि सारिएको बताए । ‘पैसा हुनेले सजिलै शेयर हाल्नुहुन्छ,’ उनले भने, ‘नहुनेलाई हामी काम दिन्छौं र त्यहीबाट आएको पैसा शेयर हाल्न लगाउँछौं ।’ पर्यटक आकर्षण केन्द्रको रूपमा लिइएको वाटर किङडम बन्ने भएपछि ६० वर्षपछि झुवानीमा खुसी फर्किएको छ’, स्थानीय रामचन्द्र चौधरीले भने, ‘झुवानी ६० वर्ष पहिले जिल्लाको सदरमुकाम थियो । अब वाटर किङडमले झुवानीलाई चिनाउनेछ ।’ कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा–६ का वडाध्यक्ष बलराम दाहाल, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई, झुवानी माविका पूर्वअध्यक्ष जोगेन्द्र महतोलगायत सहभागी थिए ।

खानेपानीको हाहाकार भएको मुसिकोटमा ‘एक घर एक धारा’

कुनै समय खानेपानीको हाहाकार हुने गुल्मीको मुसिकोट नगरपालिकाको अधिकांश माथिल्लो बस्ती अहिले ‘एक घर एक धारा’ अभियानका कारण पानीको सहज उपलब्धताको उदाहरण बन्ने तरखरमा छ । विभिन्न वडाका टोलबासी एक गाग्रो पानीका लागि मध्य रातदेखि बिहान खाना खाने बेलासम्म पँधेरोमा लाइन लाग्नु पर्दथ्यो । पँधेरामा यसरी सास्ती खेपेर पानी ओसार्नेमध्येका एक हुन् ७० वर्ष नाघेका भर्तेवारीका  डिलबहादुर विश्वकर्मा ।अहिले उनीसहित त्यस टोलका घर घरमा धाराबाट पानी बग्ने गरेको छ । पानीको हाहाकार भोगेका विश्वकर्मालाई

विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रमा सेवाग्राहीको संख्यामा वृद्धि

भदौ २७, चितवन । विद्युत् प्राधिकरण रत्ननगर, टाँडी वितरण केन्द्रमा सेवाग्राहीको संख्यामा वृद्धि भएको छ । उक्त क्षेत्रमा नयाँ घर, उद्योग, कलकारखाना, बन्ने क्रम बढेसँगै विद्युत् सेवा लिनेको संख्यामा वृद्धि भएको हो । वितरण केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा उक्त वितरण केन्द्रमा ६० हजार ४२६ जना सेवाग्राही थिए पनि गत आर्थिक वर्ष ०७७/०७८ मा बढेर ६४ हजार ७२ जना पुगेका छन् ।  अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा ७ करोड ५१ लाख ७० हजार ६२६ युनिट खपत भएको थियो भने गत आर्थिक वर्षमा ८ करोड ४९ लाख ५७ हजार ७११ युनिट खपत भएको थियो ।  सेवा ग्राहीको संख्या बढेपनि राजस्व संकलनमा भने गिरावट आएको छ । जसअनुसार गत आवमा ९३ दशमलव राजस्व संकलन भएकोमा गत वर्ष यो प्रतिशत घटेर ९१ दशमलव ७९ प्रतिशतमा झरेको हो । कार्यालयका प्रमुख नवीन कुमार लाभले कोरोनाको समयमा अधिकांश कलकारखाना, व्यवसायिक प्रतिष्ठान बन्द भएसंँगै खपत घटेपछि राजस्व संकलनमा पनि कमी आएको बताए । ‘अधिकांश विद्युत् खपत गर्ने केन्द्र पनि बन्द भए, खपत गरेका सेवाग्राहीले समयमा भुक्तानी पनि गरेनन् ।’  उनले भने ‘कार्यालय पनि नियमित खुल्न पाएन ।’ केन्द्रले निषेधाज्ञा तथा लकडाउनको समयमा विद्युत् खपत गरेपनि उक्त अवधिमा लाग्ने जरीवाना समेत छूट गरेकोले महसुल तिर्ने सेवाग्राहीको संख्यामा कमी आउँदा राजस्व संकलनमा असर परेको उनको भनाइ छ । कालोपाटीमा पर्ने ग्राहकको संख्यामा पनि कमी टाँडी वितरण केन्द्रमा अघिल्लो वर्ष भन्दा गत वर्ष कालोपाटीको संख्यामा पनि कमी आएको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष १६० ग्राहक कालोपाटीमा परेका थिए भने गत वर्ष यो संख्या घटेर १५६ मा झरेको थियो । यस्तै विद्युत् चुहावट गर्नेको संख्यामा पनि कमी आएको छ ।  अघिल्लो वर्ष १६ दशमलब ५३ प्रतिशत विद्युत् चुहाबट भएकोमा गतवर्ष १२ दशमलब ३५ प्रतिशतमा झरेको प्रमुख लाभले जानकारी दिए । बक्यौता भएका ग्राहकको सेवा रोक्ने, बक्यौता उठाउने र चुहावट हुने प्राविधिक पक्ष र त्यस्ता सेवाग्राहीलाई कारवाही कडाई गरिएकोले कालोपाटी र चुहावट गर्नेको संख्यामा कमी आएको उनको भनाइ छ ।  वितरण केन्द्रले चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिकाको लोथर सम्म र ईच्छाकामना गाउँपालिकाको एउटा वडामा विद्युत् प्रवाह सेवा दिँदै आएको छ ।

नक्सा पास प्रक्रिया पेपरलेस बनाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले घर÷भवनको नक्सा पास प्रक्रियालाई पेपरलेस प्रविधिमा रूपान्तरण गरेको छ । सेवाग्राहीले कागजी फाइल बोकेर कार्यालय जानुपर्ने बाध्यताको अन्त्य गर्दै महानगरमा नक्सा पास प्रक्रिया अनलाइनबाटै हुने व्यवस्था शुरू गरिएको हो । शुक्रवार महानगरमा एक कार्यक्रममा महानगर प्रमुख रेणु दाहालले यससम्बन्धी सफ्टवेयर प्रणालीको शुभारम्भ गरिन् । सो अवसरमा दाहालले भरतपुर महानगरले नगरवासीलाई घरबाटै सेवा लिन सक्ने वातावरण बनाउँदै लगेको बताइन् । सेवाग्राहीलाई कार्यालयमा हुने अनावश्यक झन्झटबाट मुक्ति दिन पनि अनलाइन प्रविधिमा आफूहरू अगाडि बढेको उनको भनाइ थियो । अनलाइनमार्फत नक्सा पास प्रक्रिया शुरू भएसँगै कामप्रति कर्मचारी थप जवाफदेही बन्ने र सेवाग्राहीलाई सहज सुविधा पुग्ने अपेक्षा गरिएको छ । अनलाइन प्रक्रियाबाट नक्सा पास प्रक्रिया थालनीका लागि आवश्यक सफ्टवयेर भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले भरतपुर महानगरलाई निःशुल्क प्रदान गरेको महानगरका वरिष्ठ इन्जिनियर सूर्यप्रकाश लामाले बताए । उक्त सफ्टवेयर निर्माणमा करीब २० लाख रुपैयाँ खर्च भएको बताइएको छ । यो सप्mटवेयरको माध्यमबाट घरमै बसेर नक्सा पास प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ । भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सुरक्षित शहर र व्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माणको अभियानमा यो सफ्टवेयरले महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताए । उक्त सप्mटवेयरले कन्सल्टेन्सी र महानगरलाई थप उपभोक्ता सेवामा जिम्मेवार बनाउने सप्mटवेयर निर्माणमा काम गरेका इन्जिनियर सुमन प्रधानले बताए । कन्सल्टेन्सीले अनलाइनमा विवरण प्रविष्टि गरेपछि नगरपालिकाको विभिन्न फाँटका इन्जिनियरले ठीक भए÷नभएको जाँच गरेपछि १५ दिने सूचना प्रकाशित हुने र त्यसपछि घर निर्माणको आवश्यक काम अगाडि बढ्ने उनको भनाइ छ । निर्माण पूरा भएपछि त्यही अनलाइनमा रेकर्ड भएको डेटाका आधारमा सम्पन्नताको प्रमाणपत्र सेवाग्राहीले पाउनेछन् । यसले महानगरमा निर्माण हुने भौतिक संरचनाको अनलाइन रेकर्डका साथै जीपीएस लोकेसनसमेत एकिन गर्ने भएकाले स्मार्ट शहर निर्माणमा सहज हुने उनले बताए । अहिलेको प्रणालीमा अनलाइन शुल्क भुक्तानी गर्ने र कामको प्रगति कति भयो भनेर सेवाग्राहीले हेर्न मिल्ने व्यवस्था सप्mटवेयरमा समावेश गरिएको  छैन । यसलाई पनि केही महीनाभित्र समावेश गर्ने योजना रहेको परामर्शदाता कम्पनीले बताएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले लामो समयको प्रयास र छलफलपछि महानगरले निकै राम्रो सप्mटवेयर सञ्चालनमा ल्याउन सफल भएको बताए । यसको माध्यमबाट सुशासन कायम हुने, आर्थिक पारदर्शिता हुने, कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र टेबुलमै आएर फाइल खोलेर हेर्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।

नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने

बागलुङ, बैशाख ४ । बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ । गत वर्षात्मा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पु¥याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम […]

निर्माण हुँदै नमूना थामी बस्ती, वैशाखसम्म सबै घर बन्ने

दोलखाको भीमेश्वर नगरपालिकामा निर्माण भइरहेको एकीकृत थामी नमूना बस्तीको काम दू्तगतिमा अगाडि बढेकाे छ ।  नगरपालिकाको वडा नम्बर १ पानीपोखरीमा निर्माण भइरहेको एकीकृत थामी नमूना बस्तीको दोस्रो चरणको पूर्वाधार बनाउने काम सकिएसँगै बस्ती निर्माण कार्यले थप गति लिएकाे हाे । पहिलो चरणमा भ्याटसहित दुई करोड ७९ लाख ३८ हजार ८५२ रुपियाँ लागतमा घडेरी, सडक, नालालगायतको पूर्वाधार बनाएकोमा दोस्रो चरणमा अन्य पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका प्रमुख, इन्जिनियर अर्जुन तामाङले बताउनुभयो ।

नदी कटानबाट गोकुलेश्वरवासीलाई खतरा

दार्चुला : पुरानो बजारका रूपमा रहेको दार्चुलाको गोकुलेश्वर बजार देशका अन्य जिल्लाबाट दार्चुला सदरमुकाम पुग्ने प्रवेशद्वार पनि हो। सुनसान अवस्थामा रहेको गोकुलेश्वर बजारले स्थानीय तहको पुनर्सरचनासँगै नयाँ रूप लिएको छ। त्यसमाथि शैल्यशिखर नगरपालिकाको केन्द्र घोषणा भएपछि भने यो क्षेत्रमा नयाँ घर बन्ने होडबाजी नै चलेको छ।  ...