निर्माण हुँदै नमूना थामी बस्ती, वैशाखसम्म सबै घर बन्ने

दोलखाको भीमेश्वर नगरपालिकामा निर्माण भइरहेको एकीकृत थामी नमूना बस्तीको काम दू्तगतिमा अगाडि बढेकाे छ ।  नगरपालिकाको वडा नम्बर १ पानीपोखरीमा निर्माण भइरहेको एकीकृत थामी नमूना बस्तीको दोस्रो चरणको पूर्वाधार बनाउने काम सकिएसँगै बस्ती निर्माण कार्यले थप गति लिएकाे हाे । पहिलो चरणमा भ्याटसहित दुई करोड ७९ लाख ३८ हजार ८५२ रुपियाँ लागतमा घडेरी, सडक, नालालगायतको पूर्वाधार बनाएकोमा दोस्रो चरणमा अन्य पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका प्रमुख, इन्जिनियर अर्जुन तामाङले बताउनुभयो ।

सम्बन्धित सामग्री

कञ्चनपुरको सोनापुरमा नमुना बस्ती निर्माण हुँदै

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ सोनापुरमा नमुना बस्ती निर्माण भइरहेको छ् । वडाध्यक्ष रामचन्द्र बोहराको विशेष पहलमा विगत चार दशकदेखि खर र भुसका झुपडीमा बस्दै आएका १८ घर परिवारका कच्ची घर विस्थापित गरी नगरकै नमुना बस्ती निर्माण भइरहेको छ । विगत चार दशकदेखि १८ घर परिवार रहेका सोनापुर बस्तीका कच्ची घरहरूलाई विस्थापित गरी वडाध्यक्ष बोहराको पहलमा […]

निर्माण हुँदै सुन्दरबजारको कोसेली घर

लमजुङको सुन्दरबजार नगरपालिकामा कोसेली घर निर्माण थालिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले नगरपालिकाले कोसेली घर निर्माण थालेको जनाएको छ ।

विपन्न दलित र असहायका लागि २४ घर निर्माण हुँदै

शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडानं २ स्थित कनकपट्टिमा आवास निर्माणको काम शुभारम्भ गर्दै आवासका कारण कसैले दुःख भोग्न नहुने बताए।...

चितवनमा बनाए प्रचण्डले घर

काठमाडौं, ३० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’को घर चितवनमा निर्माण हुँदैछ । ललितपुरस्थित खुमलटारमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनको भरतपुरमा आफ्नै घर बनाउन लागेका हुन् । उनले करिब दश कठ्ठा जमिनलाई घेरिएको कम्पाउन्डको बीचमा घर बनाउन लागेका छन् । घर निर्माण हुँदै गरेको टोलको नाम प्रचण्ड टोल हो । तस्विरः […]

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुँदै

काठमाडौं । कर्णाली प्रदेशको आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । जोखिममा परेका बस्तीलाई सारेर एकीकृत बस्ती निर्माणको तयारी थालिएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका –७ मा ४०, बारेकोट गाउँपालिका–४ र ५ मा ६० घर निर्माण हुन लागेका हुन् । यस्तै कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८० , रास्कोट गाउँपालिका–७ मा एक […]

गुल्मी घमिरका १२ बिपन्न घर परिवारलाई लालपुर्जा वितरण

एकिकृत बस्ती निर्माण हुँदै गुल्मीको मालिका गाउँपालिका ७ घमिरका विपन्न १२ घर परिवारले लालपुर्जा पाएका छन् ।  सडक निर्माणका कारण गाउँ नै पहिरोको जोखिममा परेपछि उनीहरु २२ बर्षदेखि घमिरकै सिलादी स्थित...

कालिकोटमा बाढीपीडितका १०१ घर निर्माण हुँदै

कालिकोट – विसं २०७७ साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १०१ घर निर्माण हुने भएका छन् । बाढीपहिरो विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाकोे वडा नं ४ को डाँडासुन्दर बस्तीमा १०१ घर निर्माण […]

बाढीपीडितका लागि निर्माण हुँदै ५० घर

मान्म । कालिकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितका घर निर्माण धमाधम भइरहेका छन् । विसं. २०७७ असारको अविरल वर्षापछि गएको बाढीपहिरोले घर भत्काएपछि विस्थापित भएका नरहरिनाथ गाउँपालिका–६ र ७ का ५० घर निर्माण हुन लागेका हुन् । स्थानीय सरकारसँगको समन्वयमा प्रदेश सरकारको बजेटमा वडा नं ६ र ७ माल्कोट, रुप्सा, भाडगाउँ र खाती रुप्साका ५० घर सुगरखालमा […]

घर बनाउँदै गरेका मजदूरको खसेर मृत्यु

भक्तपुर / निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनपा–६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए... The post घर बनाउँदै गरेका मजदूरको खसेर मृत्यु appeared first on Purbeli News.

दजाकोटमा घर निर्माण हुँदै

आगलागीले ध्वस्त भएको गुल्मीको दजाकोट गाउँ विस्तारै उठ्न थालेको छ । २०७३ वैशाख १८ गते आगलागीले नष्ट भएका घरका परिवार यति बेला धमाधम नयाँ घर बनाउन व्यस्त छन् ।