कुनै समय खानेपानीको हाहाकार हुने गुल्मीको मुसिकोट नगरपालिकाको अधिकांश माथिल्लो बस्ती अहिले ‘एक घर एक धारा’ अभियानका कारण पानीको सहज उपलब्धताको उदाहरण बन्ने तरखरमा छ । विभिन्न वडाका टोलबासी एक गाग्रो पानीका लागि मध्य रातदेखि बिहान खाना खाने बेलासम्म पँधेरोमा लाइन लाग्नु पर्दथ्यो । पँधेरामा यसरी सास्ती खेपेर पानी ओसार्नेमध्येका एक हुन् ७० वर्ष नाघेका भर्तेवारीका डिलबहादुर विश्वकर्मा ।अहिले उनीसहित त्यस टोलका घर घरमा धाराबाट पानी बग्ने गरेको छ । पानीको हाहाकार भोगेका विश्वकर्मालाई