नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई पुनः प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेकाले त्यसविरुद्धका शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक अन्तक्र्रियामा अध्यक्ष नेपालले संसद् अवरोध प्रतिगमनको एउटा नमुना भएको जिकिर गर्नुभयो । नेकपा (एस)मा सहभागी भएका १४ सांसदमाथि गरिएको …