नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिएका हुन् । अध्यक्ष नेपालले काँग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका उम्मेदवारलाई पनि निर्वाचित गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे । बिहीबार गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै उनले सहमतिका साथ गठबन्धन अघि बढ्ने बताए ।स्थानीय तहमा गठबन्धन