काठमाण्डाै - नेपालमा खेल क्षेत्र त कमजोर छ नै, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरु पनि कमजोर र जीर्ण बन्दै गइरहेका छन् ।
खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढिरहेको नेपालमा भएका केही संरचनाहरुको समेत उचित संरक्षण र संवर्द्धन हुन नसक्नु दुःखद् हो । यिनै जीर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरु बाध्य बनेका छन् । भत्केका संरचनाहरु बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरु चनाखो देखिँदैनन् । संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्...