सबैजना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउनकाे लागि आज नारी दिवस मनाइँदैछ । नेपालमा गणतन्त्र स्थापनापछि लागू भएको समानुपातिक समावेशी व्यवस्थाले प्रहरीमा महिला सहभागिता बढेको छ। नेपाल प्रहरीकी (एसएसपी) दुर्गा सिंहले समानताको अधिकार घरबाटै सुरु हुने गाेरखापत्र अनलाइनसँगकाे कुराकानीमा बताउनुभयाे । उहाँले महिला कुनै पनि काम गर्न कम नरहेकाले समान अवसर दिनुपर्ने बताउनुहुन्छ । करिब २७ वर्षदेखि नेपाल प्रहरीमा रहेर सेवा गर्ने सौभाग्य पाउनुभएकी सिंहले प्रहरीको माथिल्लो पदमा पुग्ने महिलाको इतिहास बनाउन सफल हुनुभएको छ ।