एसएसपी सरुवा : ललितपुरमा पोरखेल

गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपीको सरुवा गरेको छ । ललितपुरमा एसएसपी यज्ञविनोद पोखरेललाई काज सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले रातोपाटीलाई बताए । ललितपुरमा कार्यरत किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा सरुवा गरिएको छ । एसएसपी दिपक थापालाई प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।