काठमाण्डौ - काठमाण्डौ महानगरले कुकुर व्यवस्थापन कार्यक्रम अन्तर्गत १८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।
काठमाण्डौ महानगरले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा सन् २०१६ देखि अहिलेसम्म २२ हजार कुकुरलाई रेबिज खोप लगाएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्षमा कुकुर व्यवस्थापनका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यो रकम गएको आर्थिक वर्षको तुलनामा ६० लाखभन्दा बढी हो । महानगरभित्र घरपालुवा कुकुरको सङ्ख्या झन्डै ८४ हजार रहेको तथ्याङ्क छ ।