काठमाडौं, १६ पुस । एनसीसी बैंक र चितवनको भरतपुरस्थित् होटल सिराइचुलीबीच सम्झौता भएको छ । बैंक र ४ तारे होटलबिच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको हो । दुई कम्पनीबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । […]