शासन चलाउन सिक्दै स्थानीय तह

संघीयताका कमजोरीहरूबारे विचारविमर्श गर्नुपर्ने बेलामा हाम्रोमा भने संघीयताको कार्यान्वयन नै गतिलो रुपमा हुन सकेको छैन । संविधान प्रदत्त अधिकार पनि संघ र प्रदेश सरकारले अनेक बहानामा अंकुश लगाउने कार्यहरू पनि गरिरहेका छन् । कुनै पनि व्यक्ति वा संस्था सञ्चार माध्यमका आलोचना मन पराउँदैनन् । सबैलाई स्याबासी, अनावश्यक बद्ख्याई र ताली चाहिएको देखिन्छ । अर्काको दानबीकरण […]

सम्बन्धित सामग्री

मूल राजनीतिबाहिरका व्यक्तिले सरकार चलाउन सक्दैनन् : प्रमुख सचेतक भट्टराई

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले उम्मेदवार चयन प्रक्रियामा गल्ती हुँदा स्थानीय तह निर्वाचनमा एमालेले कम सिट ल्याएको बताएका छन्। काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘यसपटक उम्मेदवार...

७ बजेदेखि यातायात खुल्ने

काठमाडौं : काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्र यातायात खुल्ने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ६ बजेदेखि सार्वजनिक यातायात चलाउन दिने तयारी गरे पनि अझै केही मतदान केन्द्रमा मतदान भइरहेकाले ७ बजेपछि मात्र सवारीसाधन चलाउन दिन लागेको हो।ट्राफिक प्रहरीका अनुसार ७ बजेपछि देखि निजी तथा सार्वजनिक सवारीसाधन चलाउन पाइनेछ। स्थानीय तह निर्वाचनको दिन सवारी पास नभएका १२ सय ६९ सवारीसाधन होल्ड गरिएको छ। यो दिउँसो ३ बजेसम्म नियन्त्रणमा लिएको सवारीसाधनको संख्या हो।होल्ड गरिएको यी

चुनावको दिनभरि नै यस्तो थियो राजधानीमा सवारी 'चेक' : खुला सडक, सीमित गाडी

काठमाडौं : स्थानीय तह निर्वाचनका कारण राजधानीमा आज सीमित गाडी चले। खुला सडकमा सवारीको रफ्तार पनि धेरै नै थियो। सीमित सवारी साधनलाई निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट चलाउन अनुमति थियो। अनधिकृत रुपमा चलाइएका सवारीलाई प्रहरीले नियन्त्रणमा पनि लिइरहेको थियो।

काठमाडौंका सडक आज बिहानैदेखि सुनसान

३० वैशाख, काठमाडौं । आज स्थानीय तह निर्वाचनको दिन काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान छन् । निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् । सरकारले आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको छ । मतदान आज बिहान ७ बजेदेखि […]

बिना अनुमतिपत्रका सवारीसाधन वैशाख ३० गते चलाउन नपाइने

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७९ जारी गरेको छ । आयोगबाट वैशाख २२ गते स्वीकृत भएको मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि तोकिएबमोजिमको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ । यसरी निवेदन परेमा मुख्य निर्वाचन अधिकृत वा […]

बागी उम्मेदवारविरुद्ध एमालेको ‘डन्डा’

पार्टी निर्णयविपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका पार्टी नेता–कार्यकर्तामाथि इलाम नेकपा (एमाले)ले कारबाहीको ‘डन्डा’ चलाउन थालेको छ।...

स्थानीय तह चुनावमा अपुग सवारी साधन भाडामा लिने तयारी

सरकारले स्थानीय तह निर्वाचनमा अपुग सवारीसाधन खरिद नगरी भाडामा काम चलाउने भएको छ । २०७८ वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनलाई अहिले उपलब्ध सरकारी सवारी साधन बाहेक अपुग सवारी भाडामा लिएर काम चलाउन लागिएको हो ।

वैशाखसम्म नयाँ कर्मचारी नपठाऊन जनप्रतिनिधिको दबाब

काठमाडौं, फागुन १२ । देशभर २ सय १३ स्थानीय तह निमित्तकै भरमा चलेका छन्। संघीय मामिला मन्त्रालयले निमित्तको भरमा चलेका स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी पठाउन खोज्दा सम्बन्धित नगरपालिकारगाउँपालिकाका प्रमुखहरूले उल्टै कमसेकम असार मसान्तसम्म, त्यो नभए वैशाखसम्म नयाँ कर्मचारी पठाउन मन्त्रालयलाई दबाब दिने गरेको पाइएको छ। आफ्नो तहमा कम्तीमा वैशाखसम्म निमित्त कर्मचारीकै भरमा स्थानीय तह चलाउन […]

अस्पताल बनाउँदै पर्वतका स्थानीय तह

पर्वत । पर्वतका स्थानीय तहले आफ्नो क्षेत्रमा कोभिड अस्पताल बनाउन थालेका छन् । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि जिल्लाका सातै स्थानीय तहले अस्पताल बनाउन लागेका हुन् । गतवर्ष गुप्तेश्वर क्याम्पसमा बनेको कोभिड अस्पताल अहिले विस्थापित भइरहेको छ । उक्त अस्पताल सातै स्थानीय तहको आर्थिक सहयोगमा निर्माण भएको थियो । गतवर्ष निर्मित अस्पताल विस्थापित भएपछि यस वर्ष स्थानीय तहले एकल लगानीमा अस्पताल चलाउन थालेका हुन् । जिल्लाको महाशिला गाउँपालिकाले वडा नं ५ स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । पालिकाले १० ओटा अक्सिजन सिलिन्डरको समेत जोहो गरेको प्रवक्ता जीवनविक्रम उचै ठकुरीले बताए । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले यसअघिको ५ बेड क्षमताको अस्पताललाई विस्तार गर्दै अक्सिजन सिलिन्डरसमेत राख्ने तयारी थालेको बताए ।  जलजला गाउँपालिकाले ५ बेडको अस्पताल तयार गरेको बताएको छ ।  पालिकासँग अक्सिजनका दुईओटा मात्रै सिलिन्डर रहेको प्रवक्ता देवीन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार पालिकाले अरू अक्सिजन सिलिन्डर खरीद गरेर व्यवस्थापनको तयारी गरेको छ । मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार तिलाहारको पुरानो स्वास्थ्यचौकीमा १० बेडको अस्पताल तयारी अवस्थामा रहेको छ । अक्सिजनको कमी देखिएकाले अक्सिजनसहितका बेड तयारी अवस्थामा राखेको उनले बताए ।   विहादी गाउँपालिका अध्यक्ष कमल भुसालले यसअघि नै तयार गरेको आइसोलेसन बेडलाई अक्सिजन लगायत पूर्वाधार थपेर व्यवस्थित बनाउने तयारी थालिएको बताए । अस्पतालका लागि आवश्यक औषधि उपकरण खरीद गर्ने कार्यपालिकाले निर्णय समेत गरिसकेको छ । सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाले यसअघि गुप्तेश्वर क्याम्पसमा निर्माण गरिएको अस्पतालका संरचनालाई स्थानान्तरण गरी ठूलीपोखरी वा बजार क्षेत्रमै अस्थायी अस्पताल निर्माणको तयारी गरिरहेको नगर प्रमुख रामचन्द्र जोशीले बताए । जिल्ला अस्पतालमा १० बेडको भेण्टिलेटर र आईसीयूसहितको बेड भएकाले ठूलीपोखरीका रहेको प्राथमिक स्वास्थ्य केन्द्र वा बजार क्षेत्रभन्दा बाहिर खोल्नेबारे छलफल भइरहेको छ ।

कोभिड अस्पताल बनाउँदै पर्वतका स्थानीय तह

वैशाख २६, पर्वत । पर्वतका स्थानीय तहले आफ्नो क्षेत्रमा कोभिड अस्पताल बनाउन थालेका छन् । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि जिल्लाका सातै स्थानीय तहले अस्पताल बनाउन लागेका हुन् ।  गत वर्ष गुप्तेश्वर क्याम्पसमा बनेको कोभिड अस्पताल अहिले विस्थापित भइरहेको छ । उक्त अस्पताल सातै स्थानीय तहको आर्थिक सहयोगमा निर्माण भएको थियो । गत वर्ष निर्मित अस्पताल विस्थापित भएपछि यस वर्ष स्थानीय तहले एकल लगानीमा अस्पताल चलाउन थालेका हुन् ।  जिल्लाको महाशिला गाउँपालिकाले वडा ५ स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । पालिकाले १० ओटा अक्सिजन सिलिन्डरको समेत जोहो गरेको प्रवक्ता जीवनविक्रम उचै ठकुरीले बताए । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले यस अघिको ५ बेड क्षमताको अस्पताललाई विस्तार गर्दै अक्सिजन सिलिन्डरसमेत राख्ने तयारी थालेको बताए । जलजला गाउँपालिकाले ५ बेडको अस्पताल तयार गरेको जानकारी दिएको छ । पालिकासँग अक्सिजनका २ ओटा मात्रै सिलिन्डर रहेको प्रवक्ता देविन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार पालिकाले अरू अक्सिजन सिलिन्डर खरीद गरेर व्यवस्थापनको तयारी गरेको छ ।  उता मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार तिलाहारको पुरानो स्वास्थ्यचौकीमा १० बेडको अस्पताल तयारी अवस्थामा रहेको छ । अक्सिजनको कमी देखिएकाले अक्सिजनसहितका बेड तयारी अवस्थामा राखेको लामिछानेले बताए ।   बिहादी गाउँपालिका अध्यक्ष कमल भुसालले यसअघि नै तयार गरेको आइसोलेशन बेडलाई अक्सिजन लगायत पूर्वाधार थपेर व्यवस्थित बनाउने तयारी थालिएको बताए । अस्पतालका लागि आवश्यक औषधी उपकरण खरीद गर्ने कार्यपालिकाले निर्णय समेत गरिसकेको छ ।  सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाले यसअघि गुप्तेश्वर क्याम्पसमा निर्माण गरिएको अस्पतालका संरचनालाई स्थानान्तरण गरी ठूलीपोखरी वा बजारक्षेत्रमै अस्थायी अस्पताल निर्माणको तयारी गरिरहेको नगर प्रमुख रामचन्द्र जोशीले बताए । नेपाली काँग्रेसको नवनिर्मित भवनमा पनि कोभिड अस्पताल चलाउने बारेमा छलफल चलेको नगरप्रमुख जोशीले जानकारी दिए ।  जिल्ला अस्पतालमा १० बेडको भेण्टिलेटर र आइसियूसहितको बेड भएकाले ठूलीपोखरीका रहेको प्राथमिक स्वास्थ्य केन्द्र वा बजार क्षेत्रभन्दा बाहिर खोल्ने बारे छलफल भइरहेको छ ।