संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले रुसको स्वार्थअनुकूल हुनेगरी काम गर्न बढी इच्छुक देखिएको अमेरिकाले सङ्केत गरेको छ ।
इन्टरनेटका विभिन्न माध्यममा चुहिएको पछिल्लो गोप्य दस्ताबेजमा वाशिङ्टनले गुटरेसलाई नजिकबाट निगरानी गरिरहेको सङ्केत छ । केही दस्ताबेजमा गुटरेस र उहाँका सहायकबीच भएको व्यक्तिगत संवादका कुराहरू पनि समावेश रहेका बीबीसीले जनाएको छ ।
महासचिव गुटरेस मस्कोप्रति नरम भएको भन्ने सङ्केतप्रति राष्ट्रसङ्घका अधिकारीले चासो व्यक्त गरेका छन् । चुहिएका गोप्य दस्ताबेजबारे अमेरिकी अधिकारीले ती कसरी सार्वजनिक भए...