उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने

उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूको सैन्य गतिविधिलाई वास्तविक समयमा निगरानी गर्न आवश्यक रहेको भन्दै आउँदो महिना एक जासुसी उपग्रह प्रक्षेपण गर्ने पुष्टि गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जापानले यसै हप्तामात्रै उत्तर कोरियाले भू–उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू–उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने ...

सम्बन्धित सामग्री

उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत दक्षिण कोरियामा

काठमाडौं- उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत सोमबार दक्षिण कोरियाको राजधानी सोल पुगेका छन् ।  उत्तर कोरिया नीतिको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किम सोल पुगेको जनाइएको छ । उत्तर कोरियाले यसवर्ष एक दर्जनभन्दा बढी क्षेप्यास्त्र परीक्षणहरु गरेको छ । […]

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरिया । उत्तर कोरियाले शनिवार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले आइतबार जनाएको छ। उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिवार स्थानीय समय अनुसार करिब १८ः०० बजे (०९ः०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो। दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको […]

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा

दोस्रो पटक हाइपरसोनिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको उत्तर कोरियाको दाबी

काठमाडौं । उत्तर कोरियाले बुधबार प्रक्षेपण गरेको मिसाइल हाइरसोनिक हतियार भएको दाबी गर्दै उक्त प्रक्षेपण सफलतापूर्वक निशानामा पुगेको दाबी गरेको छ । जापान र दक्षिण कोरियाले बुधबार उक्त कोरियाले प्रोजेक्टाइल प्रक्षेपण गरेको जानकारी दिएका थिए भने उक्त प्रक्षेपण कस्तो खालको हो भन्ने यकिन भएको थिएन । तर, उत्तर कोरिया आफैले संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको मिसाइल […]

उत्तर कोरियाद्वारा जापानको तटनजिक क्षेप्यास्त्र प्रहार

एजेन्सी, २ कार्तिक। उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण मंगलवार गरेको हो। सिन्पो भन्ने ठाउँ नजिकबाट पूर्वी सागरसम्म उक्त क्षेप्यास्त्र उडेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरिया उक्त विषयमा कुनै जानकारी दिएको छैन । सिन्पोमा उत्तरले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्ने नयाँ पनडुब्बी बनाइरहेको जनाइएको छ । […]

अमेरिकासँग फेरि परमाणु वार्ता उत्तर कोरिया 'इच्छुक'

उत्तर कोरियाले आफू अमेरिकासँग निरस्त्रीकरणको विषयमा फेरि वार्ता गर्न इच्छुक रहेको बताएको केही घण्टापछि क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।

भू–उपग्रहको आडमा परमाणु परिक्षणको तयारीमा उत्तर कोरिया

उत्तर कोरियाले एक भू–उपग्रह प्रक्षेपणको तयारीमा जुटेको छ । यद्यपि पर्यवेक्षकहरुले परमाणु सम्पन्न उत्तर कोरिया अन्तरिक्ष कार्यक्रमको आडमा परमाणु परिक्षण गर्न लागेको चेतावनी दिएका छन् । उत्तर कोरियामाथि परमाणु तथा क्षेप्यास्त्र परिक्षणको बिरुद्धमा संयुक्त राष्ट्र संघले कैयौ प्रतिबन्ध लगाउदै आएको छ । उत्तर कोरियामा उपग्रह लगायत ब्यालेस्टिक क्षेप्यास्त्रमा आधारित कुनै पनि प्रक्षेपण गर्न रोक लगाइदै आएको छ ।