वैशाख २७, काठमाडौं । सारा नेपाल लिमिटेड र एनआईसी एशिया क्यापिटल बीच ‘आइडिया टु आईपीओ’ सेवा उपलब्ध गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।
मंगलवार भएको सम्झौताअनुसार उक्त सेवाअन्तर्गत एनआईसी एशिया क्यापिटलले सारा नेपाललाई संस्थागत परामर्श, शेयर रजिस्ट्रारको सेवासहित आईपीओ जारी गर्ने चरणमा पुर्याउने छ ।
निकट भविष्यमै सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नका लागि आवश्यक सम्पूर्ण कार्य गर्नेछ। सम्झौता बमोजिम उक्त कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको हो।
उक्त कम्पनीले डिपार्टमन्टल स्टोर, जलविद्युत् परियोजना, यतायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा विक्री वितरण, सञ्चार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरुको निर्यात गर्नेलगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका राखेको छ ।
हाल कम्पनीले किराना पसलेहरुलाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ मुलुकभर १०० भन्दा बढी सारा स्टोरको नामबाट किराना पसल सञ्चालन गरिहेको छ ।
उक्त क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन परामर्श सेवा दिंदै आइरहेको बताएको छ।