सरकारबाट बाहिरिने निर्णय गरेको संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक विवादमा परेको छ । पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै डा. मुकुल ढकाललाई महामन्त्री पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।