नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगबाट भदौ ९ गते नयाँ दल नेकपा (एकीकृत समाजवादी) को मान्यता पाए । तर, भीम रावल, घनश्याम भुसाल लगायतका १० जना स्थायी कमिटी सदस्यले साथ नदिँदा नेता नेपाल निराश देखिएका थिए । यो एक हप्ताको अवधिमा एमालेको संस्थापन पक्षबाट उनले धेरै नै आलोचनाको शिकार हुनुपर्यो ।नयाँ पार्टी बनाए पनि एकीकृत समाजवादीमा कार्यकर्ताहरु लाग्दैनन् कि भन्ने चिन्ता माधव नेपाललाई हुनु स्वभाविकै थियो । सोमबार प्रदीप नेपालले जबजको कुरो उठाउँदै साथ छाड्ने घोषणा गर्दा नेपाल पक्ष