नेपालगन्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको अत्याधुनिक ल्याण्डफिल साइट निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । ०७३ भदौ २८ गते सुरु भएको आयोजना २०७४ माघ २९ गते सम्पन्न हुने सम्झौता भएको थियो । समयमै काम पूरा नहुने भएपछि पुनः पुस १६ गतेसम्मका लागि म्याद थपिएकोमा सम्झौता अवधि सकिन ५० दिन बाँकी रहँदा निर्माणकार्य अन्तिम चरणमा पुगेको हो ।