पर्वत : कृषकले उत्पादन गरेका कृषि उपजको सुरक्षित तथा व्यवस्थित ढुवानीको लागि कास्कीको पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका, संघीय सरकार, कोरियन सरकार (कोइका) र युएनडिपीको साझेदारीमा ३६ लाख लगानीमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। एम्बुलेन्समा माइनस १५ डिग्री तापक्रमसम्म चिस्यान क्षमताको कुलर जडान गरिएको महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए। एम्बुलेन्स सेवाले कृषि उपजको सुरक्षित ढुवानी, ढुवानीका क्रममा हुने क्