कृषि एम्बुलेन्स सञ्चालनपछि पनि किसानको पीठ्यूँमा तरकारीको भारी

बडीमालिका नगरपालिकाले असार पहिलो साता कृषि एम्बुलेन्स सञ्चालनमा ल्यायो। तामझामका साथ उद्घाटन पनि गरियो। किसानकै बारीमा पुगेर तरकारी ढुवानी गर्ने र पालिका बाहिरका बजारसँग पनि बडीमालिकाका किसानले उत्पादन गरेको तरकारीको उपलब्धता गराउने उदेश्य थियो।...

सम्बन्धित सामग्री

पोखरामा कृषि एम्बुलेन्स : किसानलाई दाम, उपभोक्तालाई ताजा तरकारी

कास्की – पोखरा महानगरपालिकाले किसानलाई सघाउ पुग्ने गरी गाउँगाउँमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरेको छ । साना किसानहरुले उत्पादन गरेका कृषि सामग्रीहरु सहजै बजारमा बस्नेहरुले किन्न सक्ने गरी महानगरले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । कृषि एम्बुलेन्सबाट तरकारी बजार पुर्‍याएपछि उपभोक्ताले पनि ताजा तरकारी खान पाएका छन् । देशका धेरैजसो किसानहरुले उत्पादन गरेको तरकारी र फलफूलले बजार नपाउँदा सडकमा फालेर विरोध जनाउने गरेका छन् । उपभोक्ताहरुले भने बाहिरबाट आएका तरकारी र फलफूल महँगोमा किन्नुपर्ने बाध्यता छ । कि...

अब दाङका कृषकका खेतखेतमा कृषि एम्बुलेन्स, के के काम गर्छ ?

दाङ । दाङको राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएसँगै यहाँका कृषकलाई उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज हुने विश्वास गरिएको छ । साथै पालिकाले वडा नम्बर ८ सिस हनियाँ नयाँ बजारमा तरकारी सङ्कलन तथा विक्री केन्द्र पनि स्थापना गरेको छ ।  अब कृषकका खेत खेतमा कृषि एम्बुलेन्स पुग्ने छ र कृषकले उत्पादन गरेका तरकारी सङ्कलन गरेर विक्री केन्द्रसम्म ढुवानी गर्नेछ । बिघौँबिघा तरकारी खेती गर्ने कृषकलाई ढुवानी गर्ने साधन नहुँदा धेरै समस्या हुने गरेको थियो, अब उक्त समस्या हटेको राप्ती गाउँपालिका–४ का कृषक खुशीराम थारुले बताए । “घरपरिवार सबैले दिनभर बोक्दा पनि नसकिने तरकारी अब एम्बुलेन्सले एकै खेपमा लैजाने भएपछि सहजभएको छ”, थारुले भने ।  वडा नम्बर ३ का कृषक गोताराम चौधरीले पनि करिब १८ कट्ठामा विभिन्न जातका तरकारी रोपेका छन् । अहिले उनको खेतबारीमा लौका, काँक्रा, करेला, भिँडी तयारी अवस्थामा छन् । तर, ढुवानी गरेर बजारसम्म लैजान समस्या भइरहेको छ । कति तरकारी टिपेर घर लिएर राख्दा कुहिएको छ भने केहि बजार लगेर विक्री गरेको उनको भनाइ छ ।  उनका अनुसार आफै बोकेर बजारसम्म लैजान गाह्रो छ, सार्वजनिक गाडीमा लैजाँदा भाडा महँगो भन्छन्, त्यही भएर मान्छेलाई मजुरी दिएर बारीबाट बजारसम्म लग्ने गरेको थिए, अब सजिलो हुने भयो ।  राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषकको समस्यालाई मध्यनजर गर्दै तरकारी सङ्कलन तथा विक्री केन्द्र र कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताए । “कृषकले उत्पादन गरेका तरकारी सही समयमा बजार नपुग्दा कृषकले व्यहोर्नुपरेको क्षतिलाई हामीले गम्भीर रुपमा लिएका छौँ, अब छिट्टै बजारीकरणका लागि पनि पहल गर्ने छौँ”, अध्यक्ष विष्टले भने । लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारुले देउखुरी तरकारीको पकेट क्षेत्र भएको भन्दै कृषकका सवालमा राज्य गम्भीर हुन आवश्यक रहेको बताए । देउखुरीमा भएका चारओटै पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न सके यहाँका कृषकले लामो समयदेखि ढुवानीमा झेल्दै आएका समस्या समाधान हुने उँनले बताए । रासस

पाेखरा महानगरमा कृषि एम्बुलेन्स सञ्चालन

कास्की – पोखरा महानगरपालिकाले आजदेखि कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरका मेयर धनराज आचार्यले कृषि एम्बुलेन्सकाे शुभारम्भ गर्नुभयाे ।  मेयर आचार्यले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षितरूपमा बजार र उपभोक्तासम्म पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालन गरेको बताउनुभयो । किसानलाई आत्मनिर्भर बनाउन उनीहरूले उत्पादन गरेका सामग्रीलाई बजारको सरल र सहज पहुँचको आवश्यकता रहेको जनाउँदै महानगरले किसानमैत्री कार्यक्रममा जोड दिएको उहाँको भनाइ छ  ।   महानगरका कृषि तथा पशुपक्षी मह...

कृषि एम्बुलेन्स सञ्चालन गर्दै रामेछाप नगरपालिका

रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रको समस्याको समाधानको लागि रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलका अनुसार नगर भित्रका किसान लक्षित गदै कृषि एम्बुलेन्स सञ्चालन गरी कृषि जय बजारसम्म पु¥याइने छ । ९ वटै वडाका किसानले उत्पादन […]

तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

चितवन । कृषिउपजको सहज ढुवानीका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि संघ सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेका छन् । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसान लक्षित कृषि एम्बुलेन्स खरीद गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उनले जानकारी दिए । उनका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनओटा कृषि एम्बुलेन्स खरीद गर्ने तयारी गरिएको हो । ‘किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरीद गर्न लागेका हौं,’ उनले भने । अहिले पनि इच्छाकामनाको पहाडी क्षेत्रका बासिन्दाले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पुर्‍याउनुपर्ने बाध्यता छ । अध्यक्ष गुरुङका अनुसार कृषि एम्बुलेन्स खरीदका लागि संघीय सरकारले रू. ४० लाख बजेट व्यवस्थापन गरिदिएको छ भने त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधा–आधा रकमको व्यवस्थापन हुनेछ । ‘संघीय सरकारको सहयोगलाई ५० प्रतिशत मानेर पालिकाले २५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत रकम व्यवस्थापन गरेर कृषि एम्बुलेन्स खरीद गर्ने योजना छ,’ उनले भने । गाउँपालिकाले तीनओटा एम्बुलेन्स खरीदका लागि करीब रू. ८० लाख खर्च लाग्ने अनुमान गरेको छ । भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्था कृषि एम्बुलेन्सको प्रयोगपछि अन्त्य हुने गाउँपालिकाले विश्वास लिएको छ । रासस

बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्स

पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो ।फलफूल तरकारी मूल्य शृङ्खला विकास आयोजनासँगको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको पोखरा महानगरले जनाएको छ । एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी सम्झौतामा आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कृषि तथा पशुपछि विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल  हस्ताक्षर गरे । कृषि एम्बुलेन्सले महानगरप

पोखरा महानगरले चिस्यान सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

पर्वत : कास्कीको पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ।ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित फलफूल तरकारी मूल्य शृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो। यस सम्बन्धी सम्झौतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन्।कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाबाट कृषि उत्पादनको सङ्कल

पोखरामा कृषि एम्बुलेन्स सञ्चालन

पोखरा। पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सुरु गरेको छ। आगामी वर्षदेखि कृषि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याए पनि अहिले नै सुरु गरिएको हो। पोखराको कृषि विकाश महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज ढुवानी सेवा सुरु गरेको हो।

फेदीखोलामा कृषि एम्बुलेन्स, बारीमै तरकारी बिक्री हुँदा किसान दंग

स्याङ्जा : डोकोमा बोकर तरकारी बेच्न कृषि सहकारीसम्म झर्नुपर्ने समस्या अन्त्य भएपछि फेदीखोला गाउँपालिकाकी किसान जमुना सुवेदी दङ्ग छिन्। केही दिनअगाडि तरकारी बिक्री नभएर कुहिएको समाचार रेडियोमा सुनेकी सुवेदी आफ्नै बारीमा तरकारी खरिद गर्ने गाडी आएपछि तरकारी कुहिने पिरलो नभएको बताउँछिन्। नयाँ भेरियन्टसहित कोभिड १९ को रोकथामका लागि गरिएको निषेधाज्ञाको कारण जमुनाजस्तै पिरलोमा परेका किसानहरुलाई मध्यनजर गर्दै फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएको छ। गाउँपालिकाको कृषि एम्बुलेन्स तरका