काठमाडौं : कोरोना महामारी नफैलिएको भए काभ्रेपलान्चोकका उत्तम उप्रेती यतिबेला कोरियामा हुन्थे। २ वर्षअघि रोजगारी अनुमति प्रणाली अन्तर्गत कोरियाली भाषा र सिप परीक्षा उत्तीर्ण गरेका उनी यतिबेला होटल सञ्चालनको तयारी गरिरहेका छन्। उनी दोधारमा छन्। होटल सञ्चालन गरिसकेपछि कोरियाको भिसा आयो भने के गर्ने ? उनले भने, ‘कहिले अब खुल्छ भन्ने सुनिन्छ कहिले अनिश्चित भन्ने सुनिन्छ, हामी झन् अन्योलमा पर्यौं।’ बेरोजगार बस्दा भोकै हुने भएकाले व्यवसाय सुरु गर्न लागेको