काठमाडौं : लामो समयदेखि अनिश्चितजस्तै बनेको कोरिया रोजगारी कात्तिक दोस्रो सातादेखि खुल्ने भएको छ। कोरोना भाइरस संक्रमण केही नियन्त्रणमा आएसँगै कोरिया सरकारले कामदार लैजाने प्रक्रिया अगाडि बढाएको हो।वैदेशिक रोजगार विभागले कात्तिक १० देखि कमिटेड नेपाली कामदार कोरिया जान पाउने जनाएको छ। कोरियाबाट सन् २०१९ मा फर्किएका ११९ जनालाई पहिलो प्राथमिकता दिइने इपिएस शाखा प्रमुख सुरेश राउतले जानकारी दिए। सोही वर्षको अक्टोबर, नोभेम्बर र डिसेम्बरमा नेपाल आएकाहरू फर्किन पाउने र