काठमाडौं : कोरोना भाइरस महामारीका कारण अनिश्चित बनेको दक्षिण कोरिया रोजगारी खुला हुने भएको छ। कोरिया सरकारले अगाडि सारेको सर्त पूरा गरेर कामदार पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले बताएको छ।कोरिया सरकारले नेपाली श्रमिक लैजानका लागि सिधा उडानबाट कामदार पठाउने, कोरिया पुगेर १४ दिन क्वारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन तथा बिमा शुल्क कामदार स्वयंले व्यहोर्ने लगायतका सर्त अगाडि सारेको थियो। कामदारले उक्त सर्त मानेसँगै प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।नेपाल सरकार र कोरिया सरकारबीच