चालू आर्थिक वर्षको मंसिरसम्ममा देशको शोधनान्तर अवस्था समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा चालु खाता घाटा ७० अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ११९ अर्ब ३३ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनासम्ममा १ अर्ब ४ करोड रहेको चालु खाता घाटा चालु आवको पाँच महिनामा ६१ करोड ७७ लाख रहेको छ ।