पश्चिम ४ नं. पल्लो नुवाकोटमा जिल्लाभर रविविनोद पाध्या भनेपछि नचिन्ने को ? एक्काइस हल गोरु, गोठभरि गाई, भैसी, बाख्रा, पाठाको त के लेखो ।
ठूलो खेती, ठूलो लहनतहन थियो उनीहरूको । एकपटक गया श्राद्ध गर्न जाँदा सातओटा डोके भरिया त गयासम्म साथसाथ पुगेका थिए ।
रविविनोदलाई उनका गाउँलेहरू माहिला बाजे भन्थे ।...