शिवनाथ गाउँपालिका उपाध्यक्ष चन्द कांग्रेसमा प्रवेश

बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उपाध्यक्ष चन्दलाई कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बिहीबार सदस्यता प्रदान गर्दै कांग्रेसमा स्वागत गरेका हुन् ।

सम्बन्धित सामग्री

बैतडी शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले

बैतडी : शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णसिंह साउद विजयी भएका छन्। उनी तीन हजार १६५ मत ल्याएर विजयी भएका हुन्। उनका  प्रतिस्पर्धी नेकपा एमालेका हजारी साउदले दुई हजार ८४९ मत प्राप्त गरे। गत स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा विजयी भएका कर्णले यो पाली पनि बाजी मारेका हुन्।यस्तै उपाध्यक्ष पदमा एमालेकी शकुन्तला साउद विजयी भएकी छिन्। उनले दुई हजार ८१७ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साउदले दुई हजार ६७९ प्राप

एमालेद्धारा शिवनाथ गाउँपालिका उपाध्यक्षलाई कारवाही

बैतडी, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई पार्टीबाट निष्कासित गरेको छ । चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीको हित विपरित काम गरेको भन्दै कारबाही गरेको जनाएको छ । एमालले एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय सभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै चन्दमाथि कारवाही गरेको उल्लेख गरेको छ । गत […]

शिवनाथ गाउँपालिका उपाध्यक्ष एमालेबाट निष्कासित

बैतडी । नेकपा (एमााले) ले शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो । मंगलबार एमालेद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको […]

विरोधीसँग हिमचिम गरेको भन्दै शिवनाथ गाउँपालिका उपाध्यक्ष एमालेबाट निष्कासित

नेकपा एमालेले बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

एमालेले गर्यो गाउँपालिका उपाध्यक्षलाई कारवाही

बैतडी : नेकपा एमाले बैतडीले  जिल्लाको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारवाही गरेको छ।  एमालेले  चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो।२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तीमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ।माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचन

बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

कैलाली । बैतडीमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–६ मा पहिरोले घर पुरिदा तीन वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की उनका २४ वर्षीया श्रीमानभानु पार्की र उनकाे तीन वर्षीया छोरी सोम पार्की रहेको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् । उनीहरुको […]

बैतडीमा पहिरोले घर पुरिदा एकै घरका तीनको मृत्यु

बैतडी : बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिदा बालकसहित तीन जनाको मृत्यु भएको छ।शिवनाथ गाउँपालिका–६ बसेडी गाउँमा अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको हो। गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दलेका अनुसार मृत्यु हुनेमा स्थानीय भालु पार्कीका बुहारीद्वय २४ वर्षीया भानु पार्की, १८ वर्षीया पवित्रा पार्की र तीन वर्षीया नाति सोम पार्की छन्।मंगलबार दिउँसो करिब तीन बजेको समयमा उनीहरू पहिरोमा पहिरोमा चन्दले जानकारी दिए। सुल्लेखान प्रहरी चौकीको टोलीले

शिवनाथ गाउँपालिकाले बनायो आफ्नै पाठ्यक्रम

बैतडी : स्थानीय पाठ्यक्रम तयार गर्नेमा बैतडीको शिवनाथ गाउँपालिका जिल्लाकै  पहिलो स्थानीय तह बनेको छ।  शिवनाथ गाउँपालिकाले आधारभूत तह  कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेको हो।गाउँपालिकाको शिक्षा शाखाले तयार पारेको पाठ्यक्रम गाउँकार्यपालिकाबाट पनि स्वीकृत भइसकेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिइन् । शिक्षा शाखाले तयार पारेको पाठ्यक्रमलाई संशोधन गरेर कार्यपालिकाबाट पास गरिसकेका छौं उनले भनिन्, ‘कार्यपालिका बैठकबाट स्वीकृत भइसकेकोले छपा

संस्थागत सुत्केरी अभियानमा शिवनाथ गाउँपालिका

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप शिवनाथ गाउँपालिकाले ‘सुत्करीलाई उपाध्यक्षको कोशेली’ कार्यक्रमलाई निरन्तरता दिएको छ । हजार दिने आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्यानका लागि सो कार्यक्रम गत वर्षदेखि सञ्चालनमा रहेको छ । ‘पोषिलो आहार शिशुको स्याहार, स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित यो कार्यक्रम सञ्चालन गरिएको हो ।           संस्थागत सुत्केरी बढाउन र मातृशिशु मृत्युदर घटाउन पनि यो कार्यक्रमले सहयोग गर्ने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो । ‘उपाध्यक्षको कोशेली’ कार्यक्रमअन्तर्गत गर्भवती महिलाको घरमा झण्डा राख्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषिलो खानेकुरा र सरसफाइ सामग्री भएको झोला, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, संस्थाकर्मीले गर्भवती महिलासँग अन्तक्र्रिया कार्यक्रम सञ्चालन भएका छन् । यस्ता विभिन्न कार्यक्रमलाई संस्थागत सुत्केरी हुनेको सङ्ख्या बढेको उपाध्यक्ष चन्दको भनाइ छ ।           उहाँले भन्नुभयो, “गत वर्ष परीक्षणका रुपमा सञ्चालन गरेकामा प्रभावकारी देखिएकाले यो वर्ष पनि निरन्तरता दिएका हौँ ।” गाउँपालिकाभित्र रहेका गर्भवती महिलाको घर दुई किसिमको झण्डा राख्ने गरेका छौँ उपाध्यक्ष चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवतीको स्वास्थ्य जाँच गरी सामान्य भएमा हरियो र कुनै किसिमको खतराका लक्षण देखिएमा रातो झण्डा राख्ने गरेका छौँ”, उहाँले थप्नुभयो, “झण्डा राख्दा गर्भवती महिलाको घरपरिवारलाई जिम्मेवारी बोध हुन्छ ।”           स्वास्थ्यसंस्थामै सुत्केरी हुन आउने महिलालाई पोषण र सरसफाइ सामग्री भएको झोला दिने गरिएको छ । झोलामा ज्वानो, मेथी, शुद्ध तोरीको तेल, साबुन, नेलकटर, कोलगेट, मेक्सी, पेन्टीलगायतका ११ सामग्री रहेका हुन्छन् । उहाँले भन्नुभयो, “झोला उपलब्ध हुने भएपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिला बढेका छन् ।”