बैतडी शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले

बैतडी : शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णसिंह साउद विजयी भएका छन्। उनी तीन हजार १६५ मत ल्याएर विजयी भएका हुन्। उनका  प्रतिस्पर्धी नेकपा एमालेका हजारी साउदले दुई हजार ८४९ मत प्राप्त गरे। गत स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा विजयी भएका कर्णले यो पाली पनि बाजी मारेका हुन्।यस्तै उपाध्यक्ष पदमा एमालेकी शकुन्तला साउद विजयी भएकी छिन्। उनले दुई हजार ८१७ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साउदले दुई हजार ६७९ प्राप