१६ फागुन, काठमाडौं । युक्रेनको राजधानी किएभमा रुसी हमलापछि लगाइएको कर्फ्यू हटेको छ । कर्फ्यू हटेपछि त्यहाँका किराना पसल खुल्न थालेका छन् । भीषण बम एवं गोलाबारीबीच रुसी सेना प्रवेश गरेपछि किभएमा कर्फ्यू लगाइएको थियो । कर्फ्यूका बेला मानिसहरू भूमिगत रेल स्टेशनसहित सुरक्षित स्थानभित्रै बसेका थिए । युक्रेनका अधिकारीहरूले राजधानी आफूहरूकै नियन्त्रण रहेको भनेपछि गएरातिदेखि […]
प्रशासनले गरेको अनुगमनको बिरोध गर्दै चितवनका ब्यवसायीले किराना पसल बन्द गरेका छन् । उनीहरूले आइतबार बिहानैदेखि पसल बन्द गरेका हुन् । नारायणगढको पुतलीबजार, लाइन्सचोक लगायतका स्थानहरूमा रहेका किरानाका थोक तथा खुद्रा पसलहरू बन्द गरिएका छन् ।
काठमाडौं, ३० जेठ । निषेधाज्ञामा तरकारी र किराना पसल विहान ११ बजेसम्म खुला गर्न पाइने भएको छ । ७ असारसम्म थपिएको निषेधाज्ञामा तरकारी, किराना पसल, डिर्पाटमेन्टल स्टार खुला गर्ने गरी समय तोकिएको हो । यसअघि विहान ९ बजेसम्म मात्र किराना पसल खोल्न छुट दिइएको थियो । तरकारी तथा फलफूलको थोक बजारमा फुटकर विक्री वितरण गर्न […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गरिएको छ । बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जेठ १४ गतेदेखि किराना पसलहरु बन्द गरिएको थियो । अब भने विहान ९ बजेसम्म किराना पसल खुला गर्ने निर्णय गरिएको छ […]
नेपाल चेम्बर अफ कमर्शले किराना पसल बन्द गर्ने निर्णयको विरोध गरेको छ । गृह मन्त्रालय काठमाडौंका प्रमूख जिल्ला अधिकारीबाट महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि किराना पसल बन्द गर्ने निर्णयको विरोध गरेको हो ।त्यस्तै, किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल वन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरु […]
काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले किराना पसल खोल्न नदिने निर्णय सच्याउन माग गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै यस निर्णयबाट उपभोक्तालाई मार पर्ने बताएको हो। खाद्यान्न पसलहरुमा दूध, पानी र तरकारी पनि बिक्री हुने भएकाले किराना पसल बन्द नगराउन चेम्बरले भनेको छ।
शुक्रबारदेखि काठमाडौंमा निषेधाज्ञा थप कडाइ हुने भएको छ । स्थानीय प्रशासनले लम्ब्याएको जेठ २० गतेसम्मको निषेधाज्ञा अवधिमा किराना पसल समेत खोल्न पाइने छैन ।
काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर समेत खोल्न नपाइने जानकारी दिए ।
कोरोना संक्रमण दर कम नभएपछि यस्तो निर्णय गर्न बाध्य भएको उनले जानकारी दिए ।
तरकारी तथा दुधजन्य पदार्थ, फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने सञ्चालनमा रोक लगाएको छैन । यस्ता पसल बिहान ९ बजेसम्म ख...
शुक्रबारबाट एक साता किराना पसल खोल्न नपाइने व्यवस्थाका कारण उपत्यकाका खाद्यान्न पसलमा सर्वसाधारणको भिड बढेको छ । मंगलबार उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठकले कोरोना भाइरस नियन्त्रणका लागि एक सातासम्म...
काठमाडौं। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आगामी एक साता किराना पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने निर्णय गरेका छन्। आज बसेको तीन जिल्लाका प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो। जसअुनसार अब उपत्यकामा १४ गतेदेखि २० गतेसम्म किराना र डिपार्टमेन्ट स्टोर पनि बन्द हुने भएका हुन्।
कञ्चनपुर : मलखाद लुकाएर राख्ने महेन्द्रनगर बजारको बालाजी किराना पसललाई आइतबार सिल गरिएको छ। निषेधाज्ञामा किराना पसल सञ्चालकले नियम विपरित कार्य गरेकाले बजार अनुगमन टोलीले पसल सिल गरेको हो।अनुगमन टोलीले पसलमा तीन सय बोरा रासायनिक मल लुकाएर राखेको पाइएको थियो। नियम विपरित कार्य गर्ने पसल सञ्चालकमाथि थप कारबाही प्रकृया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।