ब्रिटेनका अवकाशप्राप्त शिक्षक ६६ वर्षीय क्लाइभेस जोन्सले आफूले शुक्राणु दान गरेर हालसम्म १२९ बच्चाको बुवा बनेको दाबी गरेका छन् ।
डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार जोन्सले ५८ वर्षको उमेरदेखि शुक्राणु दान गर्न शुरू गरेका थिए । उनले यसैवर्ष ९ बच्चा जन्मिन लागेका बताएका छन् ।
उनी आफ्नो शुक्राणु निःशुल्क दान गर्ने गर्छन् । उनले अनुमतिप्राप्त क्लीनिकमा गएर शुक्राणु दान गरेको नभई फेसबूकका माध्यमबाट दान गरेका छन् । त्यसैले स्वास्थ्य विशेषज्ञले उनलाई चेतावनी दिएका छन् । तर जोन्सले आफूले शुक्राणु दान गर्दा कैयौ परिवारमा खुशी छाएको दाबी गर...