काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जथाभावी रूपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामकरण गर्न नहुने बताएका छन्।अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाको स्पष्ट परिभाषा तय गरी त्यसभित्र पर्नेलाई मात्रै त्यस्तो नाम दिन उपयुक्त हुनेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण समेत गराए।मंगलबार संघीय संसद् राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले मन्त्री, प्रधानमन्त्रीलाई लाग्नेबित्तिकै राष्ट्रिय गौरवको आयोजना बनाउने काम गर्न नहुने पन