एजेन्सी। आर्थिक रुपमा निकै जटिल परिस्थिति भोगिरहेको पाकिस्तानका प्रधानमन्त्रीले तेस्रो पटक साउदी अरबको भ्रमण गरेका छन्। उनको यो तीन दिने भ्रमणको उद्देश्य साउदी अरबसँग आर्थिक मद्दत माग्नु रहेको खुलासा भएको छ। सुरुमा दुई देशबीचको सम्बन्ध मजबुत पार्न प्रधानमन्त्री खानले भ्रमण गरेको बताइएको थियो। उनले साउदी अरबसँग आर्थिक सहयोग त मागेका छन् नै साथमा लगानीका निम्ति पनि अनुरोध गरेका छन्।