आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा पर्व तलेजुस्थित बहत्वाबाट निस्किएको घिन्तात्वाङ घिसीसँगै सोमबार साँझदेखि सुरु भएको छ । श्रावण शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाको साँझ बहत्वाबाट निस्किएको घिन्तात्वाङ घिसीसँगै प्रसिद्ध गाईजात्रा सुरु हुने संस्कृतिकर्मी ओम द्यौभडेलले बताए ।