ललितपुर : गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न व्यङ्ग्यात्मक प्रदर्शन गर्दै शुक्रबार काठमाडौ उपत्यका लगायत देशका विभिन्न शहरमा गाईजात्रा पर्व मनाइँदैछ।शुक्रबार सूर्योदय पूर्णिमा तिथि भएपनि त्यसपछि प्रतिपदा तिथी भएकाले नेपाल पन्चाङ्ग निर्णायक समितीले यही दिन गाइ जात्रा मनाउन भनेको हो। विशेषगरी नेवार समुदायले मनाउने गाई जात्रामा गाई या गाईको चित्र अंकित तस्वीर लगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ। गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ।मरेका