काठमाडौँ उपत्यकाको ऐतिहासिक नगरी कीर्तिपुरमा पनि आज गाईजात्रा पर्व मनाइएको छ । वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा त्यहाँ विशेष किसिमले मनाइन्छ । मरेका मानिसका आफन्तले मृतात्माको चिरशान्तिको कामना गर्दै स्थानीय देवढोकाबाट गाईजात्रा निकाल्ने र स्थानीय टोल तथा नगरमा परिक्रमा गराइन्छ । सम्बन्धित घरबाट गाईका साथै स–साना बालकलाई विभिन्न रुपमा शृङ्गार गरी नगर परिक्रमा गराइन्छ । विभिन्न टोल टोलमा ती बालबालिकालाई फलफूल तथा म