नेपाल राष्ट्र बैंकले आगामी मंगलबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै ९१, १८२ र ३६४ दिनका लागि तीन वर्गमा कुल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको जानकारी दिएको हो । बैंकको सूचना अनुसार ९१ दिनका लागि ९ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ अर्थात् एक वर्षका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको हो ।उक्त ट्रेजरी बिल आगामी मंगलबार अर्थात् पुस १३ सार्वजनिक हुनेछ ।&nbs