नेपालको अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले विस्तार हुने

काठमाडौ, (नेस) । नेपालको अर्थतन्त्र चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतले विस्तार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकको साउथ एसिया इकोनोमिक फोकस प्रतिवेदनअनुसार २०२१ जुलाईदेखि २०२२ जुलाईसम्मको अवधिमा स्थिर बजार मूल्यमा आधारित आर्थिक वृद्धि यो दरमा हासिल गर्ने जनाएको हो। कोभिडविरुद्धको खोप, पर्यटन गतिविधि र वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा सुधार आएकाले […]

सम्बन्धित सामग्री

कुरूप पारिँदै नेपालको अर्थतन्त्र

केही समयदेखि नेपालको अर्थतन्त्र धराशयी भएको बताउने गरिएको थियो । सरकार परिवर्तनसँगै अर्थमन्त्री पनि परिवर्तन भए । आफू आउनासाथ विगतकाले बिगारेको र आफूले सच्याएको भनेर दाबी गर्ने परिपाटी नै बसेको छ । आफूले कुनै पनि परिसूचकमा सुधार गर्न नसके समय कम भएको, देशी र विदेशी हातहरू बाधक बनेको भन्दै आफ्नो नाक जोगाउने कार्य त हुन्छ नै । यसपालि खाने तेलदेखि इन्धनसम्मको मूल्यवृद्धिले सम्पूर्ण क्षेत्र प्रभावित बनायो । एकातर्फ महँगी अर्कोतर्फ बैंकमा रहेको तरलताको समस्या, उच्च ब्याजदर अनि आयातमा नियन्त्रणले गृहिणीदेखि व्यापारीसम्मलाई प्रभाव परेको थियो । यस कारण अर्थतन्त्र सामान्य अवस्थामा छैन । राजस्व संकलनको तथ्यांकले पनि यसको पुष्टि गर्छ । पुसमसान्तसम्म ६ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा त्यसको ७९ प्रतिशतमात्र उठाउन सकिएको छ । यहाँ अर्थतन्त्र बिग्रिएको र लयमा नरहेकोमा कसैको दुईमत छैन । चाहे पूर्वगभर्नर हुन् या पूर्वअर्थमन्त्री । अर्थतन्त्रले आफ्नो ट्र्याक बिगारेको र लयमा नरहेको भन्नेमा सबैको एकमत नै रहेको छ । विषय अर्थतन्त्र कस्तो छ भन्दा पनि कसरी यसलाई बिगारिएको थियो भनेर बुझ्न आवश्यक छ । आर्थिक वर्ष २०३१/३२ देखि हरेक वर्ष वृद्धि हुँदै जाने नेपालको राजस्व यस वर्ष घट्नुको प्रमुख कारण भनेको आयातमा लगाइएको रोक थियो । तरलता व्यवस्थापन गर्न लगाइएको आयात नियन्त्रण नीतिले राजस्वमा कुन हदसम्मको प्रभाव पार्छ भनेर पर्याप्त अध्ययन भएको भए यो परिदृश्यको संकेत मिल्थ्यो । विश्वव्यापीकरणको यस अवस्थामा आयात रोक्न कुन तहसम्म सफल भयो, त्यो सम्बद्ध निकायले विचार गर्ने कुरा हो । उक्त अवधिमा न कुनै स्वदेशी वैकल्पिक वस्तु र सेवा विस्तार हुन सक्यो, न स्वदेशी उत्पादनको प्रवर्द्धन नै भयो । आज पुन: बजारमा सोही आयातित वस्तुकै माग नेपाली बजारमा उच्च छ । जब देशभित्रको रकम आयातबाट भन्दा पनि ट्याक्स हेभन, स्वीस बैंक र हुण्डीमार्फत बढ्दो मात्रामा विदेशिइरहेको थियो, शक्तिकेन्द्रहरूले अर्थतन्त्र धराशयी बनाउनकै निमित्त यो कदम लिएको हो कि भनेर आशंका गर्न सकिन्छ । चालू आर्थिक वर्षको पहिलो ५ महीनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ भित्रिएको विप्रेषणले २३ प्रतिशतको वृद्धि भनी पुष्टि गर्छ । यसरी रकम बढ्नुको कारण डलरको मूल्य उच्च रहनु हो भने अर्को कारण नेपाली कामदारहरू विदेशिने संख्यामा वृद्धि हुनु हो । स्वदेशमा रोजगारीको अवसर सृजना नगरेर, नेपालका युवा विदेश पठाउनु र विप्रेषणमा निर्भरता वृद्धि गर्नु वास्तवमै अर्थतन्त्रलाई धराप पार्ने कदम नै थियो । कोरोना महामारीको समयमा दिक्क भएका नेपाली युवालाई स्वदेशमा अवसर प्रदान गर्न नसक्नु अर्थतन्त्रलाई बिजोग बनाउने दिगो नीति भनेर बुझ्न सकिन्छ । हाम्रो अर्थतन्त्रलाई अझै पनि विप्रेषणमा नियतवश या अनियतवश परनिर्भर पार्न खोजिएको थियो र अहिले पनि खोजिँदै छ । अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्ने भनेको उक्त मुलुकको केन्द्रीय बैंकले लिने नीतिले हो । ओली सरकार ढलेर कांग्रेसी सरकारको आगमन हुँदा जेजति नीति लिइयो, त्यसले शेयरबजारलाई तल मात्र झारेन, समस्त अर्थतन्त्रलाई तल झार्ने कार्य गर्‍यो । महँगी बढाउन कतै न कतै बैंकदरको भूमिका रहिआएको हुन्छ । बैंकदर ८ प्रतिशत पुर्‍याउँदै गर्दा स्वाभाविक रूपले बैंकको ब्याजदर बढ्ने नै थियो, जसले कर्जाको ब्याजदर पनि सोहीअनुरूप बढाएर अर्थतन्त्रलाई महँगो बनाइयो । त्यसै गरी तरलता उच्च रहेको समयमा स्वदेशी रकम बाहिर नजाओस् भन्ने बहाना बनाई अनिवार्य मौज्दात अनुपातलाई बढाएर ४ प्रतिशतसम्म पुर्‍याइयो, जसले गर्दा बैंकहरूको अर्बौं रुपैयाँ रोक्का रहन पुग्यो र तरलता थप कठिन बन्दै गयो । अर्थतन्त्रलाई भताभुंग गर्ने अर्को पक्ष भनेको हाम्रो राज्य संरचना पनि हो । नेपालमा प्रादेशिक संरचनाले थप महँगो बनाएको हो । प्रदेश स्तरको मुख्यमन्त्री, मन्त्रीलगायत कर्मचारीहरूले गर्दा समग्र अर्थतन्त्रलाई एउटा भार दिएको छ । प्रादेशिक संरचनाको आवश्यकताबारे बहस हुन नपाई यसको कार्यान्वयनले गर्दा आज अर्थतन्त्रलाई अर्बौं रकमको अनावश्यक भार थपिएको छ । अहिले आएर यसको आवश्यकता र प्रभावकारिताबारे बहस शुरू भएको छ । आज अर्थतन्त्र यस्तो अवस्थामा छ, जहाँ न एउटा कर्मचारीलाई पुग्दो तलब छ, न विकासको लहरको बीउ देखिन्छ, न व्यवसाय गर्ने वातावरण । गत ५ पहीनाको अवधिमा नेपालबाट २८ अर्बभन्दा बढी रकम विदेश पढ्न जाने विद्यार्थीहरूले औपचारिक माध्यमबाट लागेको देखिन्छ । रकम मात्र बाहिरिएको होइन, नेपालको सक्षम जनशक्ति उच्च शिक्षाको नाममा बाहिरिँदा भविष्य सुनौलो छैन । आयात त खुकुलो भयो, तर नेपाल अझै पनि केही लामो समयसम्म विप्रेषणमै आश्रित भएर बस्नुपर्ने अवस्था छ । अझै पनि नेपालको अर्थतन्त्रलाई सुधारोन्मुखतर्फ लम्कने अवस्था किन पनि छैन भने संकलित राजस्व विकासनिर्माणका लागि हुन सकेको अवस्था छैन । भ्रष्टाचारको चरम अवस्था रहेको नेपाली अर्थतन्त्र अझै पनि राजनीति केन्द्रीकृत रहेको बुझिन्छ । वैदेशिक रोजगारीका लागि विदेशिने जमात होस् या खस्कँदो उद्यमशीलताको जाँगर कतैबाट पनि स्वतन्त्र भई उठ्ने स्थान भेटिँदैन । हिजो परीक्षण भइसकेका र असफल पुष्टि भइसकेका नेतृत्वकै राज रहिआएको छ । अर्थतन्त्रलाई डायलसिस गर्न सक्नु अर्थमन्त्रीको सक्षमता प्रमाणित हुनेछ । तर, निजी, कुनै समूह र पार्टीगत स्वार्थका लागि चलिरहेको नेपाली अर्थतन्त्र अहिले सीमित समूहको हातमा छ र उनीहरूको इशारामा चलिरहेको स्पष्ट बुझ्न सकिन्छ । श्रीलंका डुबेर फेरि उठिसक्छ, नेपाली अर्थतन्त्र त्यही डुब्न लागेको अवस्थामा रहिरहेको हेर्नुपर्ने बाध्यता नआओस् । विदेशी मोह त्यागेर स्वदेशमै बस्ने युवा पिँढीले यो समस्या खेप्नु नपरोस् । रेग्मी बैंकर हुन् ।

नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशत र आर्थिक वर्ष २०२३/२४ मा ४.९ प्रतिशतको दरले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकको पछिल्लो म्याक्रो इकोनोमिक अपडेट अनुसार वस्तुको मूल्य, नेपालको सेवा क्षेत्रलाई टेवा पुर्याउने र जलविद्युत उत्पादनमा भएको वृद्धिका कारण औद्योगिक वृद्धि बलियो हुने अपेक्षा गरिएको छ । त्यस्तै सार्वजनिक […]

नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण

२१ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यो एसियाली विकास बैंकले केही साता अगाडि गरेको […]

यो आर्थिक वर्ष अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव ८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८–७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तारले नेपालको अर्थतन्त्र विस्तार […]

अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत थियो । सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ …

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत थियो । सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो । विश्वव्यापी रुपमा फैलिएको […]

चालु आर्थिक वर्षमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत थियो। सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड-१९ महामारीको प्रभाव क्रमशः न्युन हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो।विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ महामारीका कारण सन् २०२० मा प्रायः सबै मुलुकहरुको अर्थतन्त्रसहित विश्व अर्थतन्त्र सङ्कुचित हुन पुगेको छ। आर्थिक गतिविधिमा

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

काठमाडौँ- चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत थियो । सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८–७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो ।  विश्वव्यापी रुपमा […]

अर्थतन्त्रको विस्तारमा अनौपचारिक क्षेत्र बाधक

नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष ५० खर्ब पुग्ने देखिएको छ । हालै केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको चालू आर्थिक वर्षको यसरी हेर्दा नेपालको औपचारिक अर्थतन्त्र अझै एलेन मस्कले ट्विटर किन्न तिरेको भन्दा पनि कम हो । तर, नेपालको अर्थतन्त्र औपचारिकभन्दा अनौपचारिक रूपमा विस्तार भएका कारण पनि सानो देखिएको हो । अन्यथा नेपालको अर्थतन्त्र १ सय […]

विस्तार हुँदै अर्थतन्त्र

अर्थतन्त्र विस्तार हुँदै गर्दा नेपाली अर्थतन्त्रको संरचनामा पनि परिवर्तन हुँदै आइरहेको देखिन्छ । खासगरी कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्दै गइरहेको छ भने सेवा क्षेत्रको योगदान क्रमशः बढ्ने प्रवृत्ति देखिएको छ । क्षेत्रफलका हिसाबले सानो मुलुक भए पनि नेपालको अर्थतन्त्र क्रमशः विस्तार हुँदै गएको छ । भौगोलिक जटिलता र व्यापारका लागि दुई […]