काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षमा आधारभूत कृषि उत्पादनको आयात ३० प्रतिशत घटाउने लक्ष्य लिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै आउँदो आर्थिक वर्ष आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य लिएको बताउनुभएको हो ।
यस्तै उहाँले आउँदो वर्ष भित्र कृषि उत्पादनको आयात २० प्रतिशत घटाउने, पाँच वर्ष भित्र आधारभूत कृषि उत्पादनको व्यापार सन्तुलन कायम गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।