काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न बाँके जिल्ला कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको सभा हलमा सम्पन्न जिल्ला कार्यालयका प्रमुखहरूसँगको बैठकमा मन्त्री गहतराजले निर्माण कम्पनीहरूले ठेक्का पाइसकेपछि काम नगर्ने तथा ढिलासुस्ती गर्ने प्रचलनले काममा ढिलाइ हुने...