भारतमा चुनावका बेला धार्मिक नारा खुब लाग्ने गर्छ । सन् २०२२ मै हुने उत्तर प्रदेश विधानसभा चुनावअघि धार्मिक ध्रुवीकरण शुरू भएको छ ।
हिन्दू धर्मलाई प्रबद्र्धन गर्ने गरी राजनीति गर्दै आएको भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता संबित पात्राले हिन्दू विरोधीहरू एकजुट भएका दाबी गरेका छन् ।
भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै पात्राले भारतीय कांग्रेस र समाजवादी पार्टीबीच हिन्दूविरुद्ध घृणा फैलाउने प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका छन् ।
सोमवार कांग्रेसका यूपी प्रदेश अध्यक्षकै सामुन्ने मौलाना तौकीर रजाले कांग्रेसलाई समर्थन गरे, ती मौला...