काठमाडौं : दु:ख गर्नका लागि विदेश जाने कोही कसैको रहर हुँदैन। तर, बेरोजगारी र अभावले थिचिएपछि नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यतामा छन्।पछिल्लो समय आफ्नै देशमा अवसरको कमी र वैकल्पिक व्यवस्था नहुँदा वैदेशिक रोजगारी नेपाली युवाको आकर्षण केन्द्र बनेको हो।घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ। लाउलाउ खाउखाउ उमेरमा देशभित्र रोजगारीको अभावमा विदेशिन बाध्य युवाको दु:ख पीडा भनिसाध्य छैन। कति लुटिन्छन्,कति कामकै सिलसिलामा अंगभंग हुन्छन् भने कतिले