रोजगारीका अवसर सिर्जना गर्न कुनै पनि ठाउँमा उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसायका गतिविधि प्रशस्त चाहिन्छन् । तर, प्रदेश १ मा एउटा मात्रै औद्योगिक नगरी छ–विराटनगर । यस्तोमा यहाँ रोजगारीका अवसर खोज्न गाह्रै छ । रोजगारी अभावले युवा विदेशिन बाध्य छन् । हिमाल, पहाड, तराईका १४ जिल्ला मिलेर बनेको यो प्रदेशले निकै समुन्नत र सम्भावना बोकेको छ । दुःखको कुरा, हामीले सम्भावनाको सदुपयोग गर्न सकेनौं ।