गण्डकीको बजेट सिलिङ घट्यो, प्राथमिकतामा कृषि र स्वास्थ्य

गण्डकी प्रदेश सरकारले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन र सिँचाइ, प्रदेश गौरवका आयोजना, आयोजना सम्पन्नको क्रममा रहेका र रकम अभाव भएका योजनालाई जोड दिएको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ ।