प्रतिस्पर्धी संस्थाको तुलनामा ‘सीआइटी’ मा आकर्षण बढ्दो छ : राजस्व सचिव घिमिरे

काठमाडौं । अर्थमन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरले प्रतिस्पर्धी संस्थाको तुलनामा नागरिक लगानी कोष ‘सीआइटी’प्रति आकर्षण बढेर गएको बताएका छन् । कोषको ३३औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै घिमिरले समयानुकूल आफूलाई परिमार्जित गर्दा कोषमा अन्यको तुलनामा आकर्षण बढ्दै गएको बताएका हुन् । कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कारोबारमा समेत सहजता आएको उनले बताए । ‘विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन थालेको छ,’ घिमिरेले भने । कोष सञ्चालक समितिका अध्यक्ष प्राध्यापक डा. सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ उद्यत रहेको बताए । देशको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउन एवं रोजगारी सृजना गर्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा उनले जोड दिए । कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत र साधनअनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको उनको भनाइ छ । कोषले संकलन गरेको बचत रकमलाई आगामी दिनमा अझ बढी राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरिने र सहभागीलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटी एवं लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गरिने अध्यक्ष थापाले बताए । कोषका कार्यकारी निर्देशक रमण नेपालले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ रहेको र सोही अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको बताए । उनका अनुसार कोषले हालसम्म मुद्दती निक्षेपमा १ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ, धितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख रुपैयाँ र समकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । पुस मसान्तसम्ममा अधिकृत पूँजी र जारी पूँजी ८ अर्ब रुपैयाँ रहेको कोषको चुक्तापूँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ छ । कोषले लगानी गर्दा सुरक्षित र प्रतिफलमूखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउँदै जाने नेपालको भनाइ छ । कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकतादेखि नयाँ सफ्टवेयर सञ्चालनमा आइसकेको बताउँदै नेपालले भने, ‘राष्ट्रसेवक कर्मचारीको कोषमा जम्मा गर्नुपर्ने रकम सिग्यास प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिएको छ भने सबै सहभागीलाई सापटी तथा अन्तिम भुक्तानी एनसीएचएलको कनेक्ट आइपिएसमार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य संगठित संस्थाको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाइएको छ ।’ कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको उनले बताए । कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थालाई आबद्ध गर्न र ती संस्थाको दीर्घकालिन दायित्वलाई व्यवस्थापन गर्न, गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं उपत्यका बाहिर विराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय सञ्चालन गरिएको नेपालले जानकारी गराए । कार्यक्रममा २० वर्षे सेवा अवधि पुरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ट कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्बन्धित सामग्री

अर्थतन्त्रमा सुधारका संकेत देखिएको छ : राजस्व सचिव

राजस्व सचिव रामप्रसाद घिमिरेले अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन थालेको बताएका छन् ।

राजस्व सचिव दंगालद्वारा पदभार ग्रहण

काठमाडौँ । राजस्व सचिव भएका रामेश्वर दंगालले पदभार ग्रहण गरेका छन्। बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच उनले राजश्व सचिवको जिम्मेवारी सम्हालेका हुन् । गतसाता सरकारले तत्कालीन राजश्व सचिव कृष्णहरि पुष्करलालाई अर्थ सचिवमा सरुवा गरेसँगै सुदूर पश्चिम प्रदेश सरकारको प्रमुख सचिव रहेका दंगाललाई रिक्त पदमा सरुवा गर्ने निर्णय गरेको थियो । पदभार ग्रहणअघि उनलाई […]

अर्थ मन्त्रालयबाट मधु मरासिनीको सरुवा

सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन्  । बिहीबार मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । […]

राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थसचिवको पनि जिम्मेवारी

काठमाडौं, १९ साउन । सरकारले राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिवको समेत जिम्मेवारी दिएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले पुष्करलाई अर्थ सचिवको समेत जिम्मेवारी दिएको हो । अर्थ सचिव मधुकुमार मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । उनी बिदामा बसेका थिए । अर्थ मन्त्रालयको फुटेज प्रकरणपछि मरासिनीको अर्थमन्त्री जर्नादन शर्मासँग सम्बन्ध चिसिएको थियो । […]

जनार्दन मन्त्रालय पुग्दा राजस्व सचिवले गरे स्वागत, मरासिनी अनुपस्थित

१५ साउन, काठमाडौं । आइतबार अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि साँझ नै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित छन् । राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यन्वयनका […]

राजस्व सचिवको विदेश सयर

आर्थिक वर्षको अन्तिम समयमा लक्षित राजस्व फेला पार्न दिनरात खटिनुपर्नेमा राजस्व सचिव कृष्णहरि पुस्कर एक साता लामो विदेश सयर गरेर फर्केका छन्। सरकारले चालु आर्थिक वर्षमा राखेको राजस्व असुलीको लक्ष्य सुरुका महिनादेखि नै पूरा हुन सकेको छैन । यस्तोमा आर्थिक वर्षको अन्तिम समयमा लक्ष्य पूरा गर्न हरतरहबाट प्रयास गर्ने जिम्मेवारीमा बसेका राजस्व सचिव पुस्कर भने एक साता विदेशमै रमाए।अस्ट्रियामा करसम्बन्धी तालिममा भाग लिन असार २१ गते त्यसतर्फ गएका सचिव पुस्कर २७ मा मात्र मन्त्रालय आए। पूर्वअर्थमन्त्री जनार्

राजस्व सचिव पुष्करले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ

कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।  सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुवाएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिएका छन्। ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उनले भने , ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’ यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए। उनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

राजस्व सचिव बने कृष्णहरि पुष्कर

भदौ १२, काठमाडौं । सरकारले अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई पदस्थापन गर्ने निर्णय गरेको छ । हालैको मन्त्रिपरिषदको बैठकले कृष्णहरि पुष्कर कर्णलाई राजस्व सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अतिरिक्त समूहमा राखिदै आइएको थियो । उनको पदस्थापनसँगै राजस्व सचिव पदपूर्ती भएको छ । यसअघि राजस्व सचिवको जिम्वेबारीमा रामशरण पुडासौनी थिए । उनी अवकश भएसँगै विगत डेढ महीनादेखि सो पद रिक्त हुँदै आएको थियो । २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्करलाई सरकारले गत असारमा सचिवमा बढुवा गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा गृह, श्रम मन्त्रालयअन्तर्गतका विभिन्न निकायको विभागीय जिम्वेबारीमा रहेर लामोसमय काम गरिसकेका पुष्कर राजस्व बुझेका व्यक्ति भने त्यति होइनन् ।  राजस्व सचिवमा पदस्थापन भएका पुष्करमाथि महामारीले असर पारिरहेको अर्थतन्त्रसँगै राजस्व प्रशासनलाई सुधार्नेदेखि राजस्व चुहावट रोक्ने, बलियो तवरले राजस्व संकलन कार्ययोजना बनाई कार्यान्वयनमा लैजानुपर्ने चुनौती आइपरेको छ ।

राजस्व सचिव बने कृष्णहरि पुष्कर

११ भदौ, काठमाडौं । अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । उद्योग मन्त्रालयमा लामो समय काम गरेका पुष्करले यसअघि वैदेशिक रोजगार विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेका छन् । राजस्व सचिव पद भदौयता रिक्त थियो । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले उनलाई अर्थमा सरुवा […]

कर प्रणालीमा चुनौतीः सचिव पुडासैनी

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कर कार्यालयमा दर्ता हुने तर विवरण पेश नगर्ने करदाताका कारण कर प्रणालीमा चुनौती बढेको बताएका छन् ।नेपाल चेम्बर अफ कमर्सले बुधबार आयोजना गरेको कर प्रणालीमा भएका समसामयिक सुधार एवं आर्थिक ऐन, २०७७ ले व्यवस्था गरेका छुट तथा सुविधा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै राजस्व सचिव पुडासैनीले करको दायरामा आउने तर […]