आलीलाई धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न रिट

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता कृष्ण भण्डारीले उक्त रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने आधारसहित दाबी प्रस्तुत गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले सिधै प्रतिनिधि सभा […]

सम्बन्धित सामग्री

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे शपथको तयारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मङ्गलवार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकिएको र सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको तथा साँझ ६ बजे शपथको तयारी भइरहेको बताइएको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै […]

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथग्रहण तयारी

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।  संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै देउवालाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।  सर्वोच्च अदालतले हिजो (सोमबार) संसद्‌ पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त ग

प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको विशेषाधिकार होः वरिष्ठ अधिवक्ता पन्त

काठमाडौं। वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको तर्क गरेका छन्। संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वहस गर्दै उनले भने, “संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलीय ह्वीप नलाग्ने कुरा सही होइन, संविधानको धारा ७६ (५) निर्दलीय हुन्छ? त्यहाँ लेख्नुपर्दैन ? धारा ७६(५) मा निर्दलीय हुन्छ भनेर लेखेको छ र?”

अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन : केपी ओली

प्रधानमन्त्री केपी शर्माओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा ओलीले बुझाएको जवाफमा विपक्षी शेरबहादुर देउवाले माग दावी पेश गर्दा आफूलाई प्रधानमन्त्री नियुक्त, समेत गर्न माग गरेपनि त्यो कार्य अदालतले गर्न नसक्ने जिकिर गरिएको हो । ‘यो नितान्त राजनैतिक र कार्यपालिकीय प्रक्रिया हो । संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकारी राष्ट्रपति बाहेक कसैलाई दिएको छैन । यस्तो क

एमाले अध्यक्ष ओली पुन: प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त हुने भएका छन्।संविधानको धारा ७६ को उपधारा २ अनुसारको बहुमतीय सरकार गठनका लागि विपक्षी दलले बहुमत संख्या पुरर्‍याउन नसकेपछि अब संविधानको धारा ७६ को उपधारा ३अनुसार सवैभन्दा ठूलो दलको हैसियतमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन्। उक्त सरकारले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्छ।

‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’

काठमाडौँ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएको संविधानको धारा ७६ (१) वा २ अनुसार ? प्रतिनिधि सभा विघटनविरुद्धका अधिकांश रिट निवेदकले उपधारा १ उल्लेख गरेका छन् । बहसका क्रममा अधिकांश कानुन व्यवसायीले प्रधानमन्त्री उपधारा २ अनुसार नियुक्त भएको जिकिर गरिरहेका छन् । कानुन व्यवसायीले विभिन्न तथ्य र तर्क गरिरहँदा निवेदकमध्येका एक शालिकराम सापकोटाले भने उपधारा १ अन्तर्गत नै प्रधानमन्त्री नियुक्त भएको स्वीकार गरेक ाछन् । । निवेदन र बहसमा भइरहेको फरकलाई इजलासले बारम्बार प्रश्न उठाएको छ